2026-07-26 12:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

अस्पतालमा भर्ना भएका गोविन्दाको कस्तो छ अवस्था?

असोज १५,  काठमाडौँ । खुट्टामा गोली लागेपछि बलिउडका दिग्गज अभिनेता गोविन्दाको अस्पतालमा उपचार भइरहेको छ । अक्टोबर १ मा भएको यो घटनापछि अभिनेतालाई अस्पतालमा भर्ना गरिएको थियो ।

उनले आफू खतराबाट बाहिर रहेको भन्दै डाक्टर, समर्थकलाई धन्यवाद दिएका छन् ।

अस्पतालबाट जारी अडियो क्लिपमा उनले भनेका छन्, ‘नमस्कार, नमस्कार, म गोविन्दा हुँ । तपाईंहरु सबैको आशिर्वाद, आमाबुवाको आशीर्वाद र गुरुको कृपाले गोली निकालिएको छ । म यहाँ सम्मानित डाक्टर, डा. अग्रवाल जीलाई धन्यवाद दिन्छु । र तपाईंको प्रार्थनाको लागि सबैलाई धन्यवाद । अभिवादन ।’

गोविन्दाका प्रबन्धकले एएनआईलाई भने, ‘घटना बिहान ४:४५ बजे भएको थियो, जब गोविन्दा एक कार्यक्रमका लागि कोलकाजा जाँदै थिए । उनले आफ्नो रिभल्भर सफा गर्दै थिए । तर, गोली खुट्टामा लाग्यो । उनलाई तुरुन्तै अंधेरीको क्रिटी केयर अस्पताल लगियो । गोली त्यहाँबाट निकालिएको छ ।’

छोरी टीना आहुजाले भनिन्, ‘यतिबेला म पापासँगै छु, पापा पहिलेभन्दा राम्रो हुनुहुन्छ, पापाको शल्यक्रिया भइरहेको छ, पापा २४ घण्टा आईसीयूमा बस्नुहुनेछ, आत्तिनु पर्दैन, घुँडामुनि गोली लागेको छ । रिभल्भर अलमारीमा राख्दा गोली चल्यो, रिभल्भर भुइँमा खसेकोले गोली चल्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ