2026-09-22 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पर्यटनमन्त्रीको दाबीः इतिहासमै कुनै मन्त्रीले नगरेको काम गरेको छु

असोज १५,  काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफ्नो कार्यकालमा नीतिगत रुपान्तरणमा ऐतिहासिक काम गरेको दाबी गरेका छन्। मंगलबार मन्त्रालयमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा बुझाइएको ध्यानाकर्षण पत्रपछि बोल्दै मन्त्री पाण्डेले आफूले पर्यटन क्षेत्रमा अन्य कुनै मन्त्रीले नगरेका महत्वपूर्ण नीतिगत परिवर्तनहरु गरेको दाबी गरे।

उनले आउने हिउँदे अधिवेशनमा पर्यटन मन्त्रालयबाट धेरै नयाँ ऐनहरु संसदमा प्रस्तुत हुने जानकारी दिए। “पर्यटन ऐन, लुम्बिनी विकास कोष ऐन, पशुपति क्षेत्र विकास कोष ऐन लगायतका नीतिगत परिवर्तनहरु गर्दैछौं,” उनले भने। साथै, संस्कृति नीति, पर्यटन नीति, समसामयिक नीति लगायतका नीति निर्माण प्रक्रियामा रहेको उनले उल्लेख गरे।

हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति, नियामक निकाय र सेवा प्रदायक निकायको विधेयक अघि बढाइने जानकारी दिँदै उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुर्घटनामा समानता ल्याउने गरी बीमा ऐनको ड्राफ्ट तयार गरिरहेको बताए। गैरसैनिक हवाई उड्डयनसम्बन्धी विधेयकको तयारीसमेत भइरहेको मन्त्री पाण्डेले जानकारी दिए।

“मैले इतिहासमै कुनैपनि मन्त्रीले नगरेको नीतिगत प्रयास गरेको छु,” पाण्डेले भने। “समसामयिक आवश्यकताका आधारमा कानूनी र नीतिगत रुपान्तरणका लागि ठूलो प्रयास भइरहेको छ।”

मन्त्री पाण्डेले नेपालका प्रमुख धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको विकास र संरक्षणका लागि पनि नयाँ नीतिहरु अघि सार्न लागिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो