2026-11-04 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘सुगर ड्याडी’ आशिष देउलाको बयान: ‘केटीको केस लगाएर फसाउँछु भनेपछि डामेको हुँ’ (बयान)

असोज १५,  काठमाडौँ । युवा–युवतीलाई विद्युतीय रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा दायर भएको छ। काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका अनुसार देउलासहित ४ जनालाई भदौ १८ मा पक्राउ गरिएको थियो, तर हाल आशिष देउला र उदयपुरका २२ वर्षीय ओजस्वी तामाङलाई मात्र प्रतिवादी बनाएर मुद्दा चलाइएको छ।

प्रहरीको अनुसन्धान अनुसार देउलाको समूहले भदौ ७ मा विशाल पोडेललाई काठमाडौंको टेकुस्थित दोभान पुलबाट लगनटोलमा रहेको सलबालमा लगी यातना दिएको थियो। देउलाले बयानमा विशालले उनलाई धम्क्याएको भन्दै पानी तताउने विद्युतीय रड तताएर करिब ३ घण्टासम्म यातना दिएको स्वीकार गरेका छन्।

देउलाले विशाललाई ‘तँलाई केटीको मुद्दा लगाएर फसाइदिन्छु’ भनेको कारणले र आफूले भतिजलाई खुकुरी हान्न खोजेको खबर सुनेपछि विशाललाई यातना दिएको बताएका छन्। प्रहरीको अनुसन्धानमा देउलाले यसअघि पनि क्लबमा भेटिएका व्यक्तिहरूलाई यातना दिने गरेको खुलेको छ।

पक्राउ परेका अन्य व्यक्तिहरूमा २७ वर्षीय राजेन्द्र घले, २२ वर्षीय साजन गुरुङ, र २२ वर्षीय ओजस्वी तामाङ रहेका छन्। तीमध्ये देउला र तामाङविरुद्ध मात्रै मुद्दा दर्ता भएको हो।

देउला बुढानीलकण्ठमा बस्दै आएका धनी बाबुका छोरा हुन्। उनी विभिन्न रात्रि क्लबमा ‘हाउस पार्टी’ को बहानामा किशोर किशोरीलाई आकर्षित गरी यातना दिने गर्थे। उनको ‘सुगर ड्याडी–५० मी’ नामको टिकटक आइडी रहेको छ, जहाँ उनले नकाब लगाएर पैसा फालेको भिडियो पोस्ट गरेका थिए। उनले उक्त भिडियोबारे भनेका छन्, “बैंकबाट ऋण लिएको पैसा उडाएर भिडियो बनाएको हुँ, त्यो मेरो सोख हो।”

प्रहरीले आशिष देउलाको अन्य क्रियाकलाप र सम्बन्धित घटनाको थप अनुसन्धान जारी राखेको छ।

यस्तो छ आशिष देउलाको बयान 

 जाहेरवाला विशाल पोडेसँग  विगत ५–६ महिना अगाडिदेखि चिनजान भएको हो । उसलाई मैले नाइट क्लबमा जानेक्रममा निजको भाइ नेहाल पोडे मार्फत विगत चिनेको हुँ । चिनजानपछि निजले मलाई फोन गरी एक्कासि अपशब्द प्रयोग गरी गाली गलौच गरी मलाई काठमाडौँ ठमेलमा रहेको सुगर क्लब मुनी बोलाई १०–१२ जना अन्य व्यक्तिहरू समेत भेला जम्मा पारी मलाइ कुट्ने तयारी गरेका रहेछन् । म सो ठाउँमा पुग्नासाथ निजहरूले मलाई कुट्न लागेको र सोही अवस्थामा उक्त क्लबमा रहेका बाउन्सर समेतलाई खबर गरी प्रहरी टोली समेत आई सकेपछि निजहरू सो ठाउँबाट भागी गएका थिए । पछि निज विशाल पोडेले मलाई पुन फोन गरी गाली गलौच गर्ने, धम्क्याउने जस्तो कार्य गरेको र तँलाई केटीको केस लगाई फसाई दिन्छु भनी धम्क्याउने गरेको थियो । हामी सबै मिली निज विशाल पोडे र निजको साथी निमा भन्ने व्यक्तिलाई सम्झाई बुझाई यसरी अब यसरी फोनमा कुराकानी नगर्ने र धम्क्याउने भनी हामी सबै भई मौखिक सहमति समेत गरेर कुरा टुङ्ग्याइ सकेका थियौँ । 

निजहरूसँग कुरा टुङ्ग्याइ  सकेको भएता पनि निज विशाल पोडेले  मेरो बिरामी भएको भतिजलाई विगत १५ दिन अगाडितिर खुकुरी लिएर हान्न गएको भन्ने खबर मैले सुनेको हुँदा निज जाहेरवालाको भाइले नेहाल पोडेलाई बोलाई तिम्रो दाइलाई राम्रोसँग सम्झाइदेऊ, तिमी पनि झगडा नगर भनी निजलाई समेत सम्झाइ बुझाई गरेका थियौँ । त्यसको भोलिपल्ट निज विशाल पोडेलाई लगनमा रहेको जात्रामा बोलाई निजको मामाघरमा लगी कुरा गर्ने क्रममा निजको र हामी बिचमा हात हालाहालको अवस्था भएको कारण म लगायत म सँग गएका सुबेल पुजारी, ओजस्वी तामाङ र विशाल पोडेको साथी समेत भई निजलाई पाइप जोड्न प्रयोग गर्ने फलामको आइरन तताई ढाडमा डामेको हो । 

मैले निजलाई जबरजस्ती गाडीमा राखेको छैन । म आफूले गाडी चलाएको र म सँगै गएका ओजस्वी तामाङ र निज जाहेरवाला तथा निजको साथी सुबेल पुजारी सँगै भएको हुँदा मैले निज विशाल पोडेलाई मेरो भतिज नाताको मानिसलाई किन खुकुरी हान्न लागेको भन्ने विषयमा कुरा गर्न तिम्रो आमालाई पनि कुरा गर नत्र तिम्रो  घरमा जाऊँ, नभए प्रहरी कार्यालयमा जाऊँ भन्दा निजले घरमा जाँदा अमालाई नराम्रो हुन्छ, मेरो मामाको घर नजिकै छ, त्यहीँ जाऊँ भनी मलाई भनेको हुँदा मैले गाडी चलाई निज पछाडि बसी निजले भने निजको मामा भन्ने मानिसको घरमा गएका हौँ । जाँदा निजलाई कुनै प्रकारको डर त्रास तथा धम्की केही दिएको छैन, निज राजी खुसी साथ हाम्रो साथ लागि गएका हुन् । मैले निजलाई मेरो आफन्तको घरमा लगेको होइन । निजले मेरो मामाको घरमा जाऊँ भनेको हुँदा निजले भने अनुसार निजको मामाको घरमा गएका हौँ । सो घरमा गएपछि निज विशाल पोडे, यकिन नाम थर वतन थाहा नभएको निजको साथी, निजले  साथी भनेर  बोलाउनले गरेको सुबेल पुजारी, म , ओजस्वी तामाङ र निजको मामा भन्ने घर धनी समेत कोठामा भएको अवस्थामा निज खाटमा बसेको र पछि मैले निजलाई तैले लगाएका लुगा खोल भनी धम्कीपूर्ण भाषा प्रयोग गरी मैले भनेको हुँदा निजले आफूले लगाएको माथिको लुगा खोलेको हुँदा मैले पाइप जोड्नको लागि प्रयोगमा ल्याउने गरेको फलामको अइरन तताई ज्यान मार्ने उद्देश्यले निजको ढाडमा डामेको हुँ । 

निजलाई कोठामा लगिसकेपछि मेरो भतिज पर्ने केटालाई निज समेत मिलि खुकुरी हानेको र पुन अर्काे भतिजलाई  समेत खुकुरी हान्ने कुरा गरेको भन्ने मैले थाहा पाएको हुँदा के कति कारणले खुकुरी हानेको हो भनी निजलाई सोधेको थिएँ, निजले सो विषयमा केही नबताएको कारण मैले निजलाई खाटबाट भुईँमा बस्न लगाई लुगा समेत खोल भनेको र सोही समयमा को कसले मलाई फलामको आइरन तताएर ल्याइ दिएको हुँदा सोही आइरनले मैले निजलाई ज्यान मार्ने उद्देश्यले डामेको हो । निजलाई मैले फलामको अइरनले ४ पटक सम्म डामेको याद छ, सो बाहेक अन्य कसले कति पटक डामेका हुन मलाई याद भएन् । मैले निजलाई फलामको तातो आइरनले डाम्दा घर धनी सोही कोठा भित्र थिए । निज विशाल पोडेको पहिले अन्य केटाहरूसँग समेत झगडा परेको रहेछ, सोही विषयमा निजसँग कुरा गरी रहेको थिए, अन्य कुनै भूमिका छैन । 

मैले निज विशाल पोडेलाई डाम्नको लागि प्रयोगमा ल्याएको आइरन प्रहरीले मेरो घरबाट बरामदी मुचुल्कामा उल्लेख गरी बरामद गरी ल्याएको छ । उक्त बरामदी मुचुल्कामा बरामद गरिएका चिज वस्तुहरु लेखिएको ठाउँको सिनं २ मा उल्लेखित पाइप हिटर थान १ लेखिएको फलामको आइरले नै निजलाई डामेको हुँ । बरामद गरिएको क्वाइलको भागमा पहेलो रङ भएको बिजुलीबाट तताउन मिल्ने इलेक्ट्रिक आइरनले नै निजलाई डामेको हो । डामी सकेपछि मैले घर लगिदिऊँ भन्दा निजले पर्दैन आफैँ जान्छु भनेका हुँदा निजलाई सोही घर नजिकै रहेको बाटोमा छाडेर हामी मेरो गाडीमा फर्किएका हौँ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै