२६ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु

१५ आश्विन २०८१, मंगलवार ११:१६

असोज १५,  काठमाडौँ । थाइल्यान्डमा एउटा स्कुल बसमा आगलागी हुँदा २५ जना विद्यार्थीको मृत्यु भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको छ । अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् ।


आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बसको टायर पड्किएर आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएको भन्दै समाचारमा भनिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटना मंगलबार दिउँसो १२ः३० बजे बैंककको खु खोत क्षेत्रमा भएको हो । बस स्थलगत भ्रमण सकेर स्कुलतिर फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्यान्ड सडक सुरक्षाको हिसाबले सबैभन्दा खराब देशमध्ये एक हो । यहाँ त्रुटिपूर्ण सवारी साधन र गलत तरिकाले सवारी साधन चलाउँदा बर्सेनि २० हजार दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री हुँदै जागिरेसम्म : बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकको करिअरमा नयाँ अध्याय अमेरिकाले थप दुई नेपालीलाई निष्काशन गर्यो हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा २ जना भारतीय नागरिक पक्राउ बाढी प्रभावितको मानवअधिकारप्रति संवेदनशील बन्न आग्रह केपी शर्मा ओलीसमक्ष प्राडा अर्यालले लिए त्रिवि उपकुलपतिको शपथ कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालको पद तथा गोपनीयताको शपथ गोदावरी नदीको टापुमा फसेका ६ जनाको सकुशल उद्धार प्रतिनिधिसभामा बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत सञ्चारमन्त्री गुरुङ जेनेभास्थित विश्व सूचना समाज सम्मेलनमा सहभागी भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख रुपैयाँका दरले राहत दिइने उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेटवार्ता युद्धलाई लिएर रूसविरुद्ध थप प्रतिबन्ध लगाउने विचार गरिरहेको छु : राष्ट्रपति ट्रम्प मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु महानगरपालिकाको नाममा उच्च अदालतको अन्तरिम आदेश:काठमाडौं टावरको निर्माण नरोक्नु पोखरा विश्वविद्यालयको बजेट र नीति तथा कार्यक्रम पारित विशेष अदालतले पायो आइएसओको प्रमाणपत्र करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक भेरी नदीमा हाम फालेर एक जना बेपत्ता अनुमानका भरमा सरकारबारे टीकाटिप्पणी नगर्न गृहमन्त्रीको आग्रह