२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चोरी मुद्दामा जाहेरी दिन आएकी महिलामाथि बलात्कार प्रयास: प्रहरी हवल्दार पक्राउ

२०८१, १६ आश्विन बुधबार ०९:०८

असोज १६, काठमाडौँ । प्रहरी वृत्त लैनचोरमा कार्यरत प्रहरी सहायक हवल्दार अनिलकुमार दाहाललाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको छ। दाहालले स्वयम्भूमा बस्दै आएकी एक महिलालाई चोरी मुद्दा दिन आएको बेला बलात्कार प्रयास गरेको आरोप लागेको हो।

पीडित महिलाले भदौ २० गते आफ्नो कोठामा चोरी भएको उजुरी दिनका लागि प्रहरी वृत्त स्वयम्भू पुगेकी थिइन्। स्वयम्भू प्रहरीले उनलाई लैनचोर प्रहरी वृत्तमा पनि उजुरी दिन सल्लाह दिएको थियो, जसपछि उनी त्यहाँ पनि गइन्। महिलाले आफ्नो चोरी मुद्दा दर्ता गराएपछि चोरीमा संलग्न व्यक्तिको तस्बिर र आफ्नो मोबाइल नम्बर प्रहरीलाई छोडेर फर्किएकी थिइन्।

भदौ २९ गते राति ९ बजे दाहालले ‘चोर पक्राउ परेको छ, तुरुन्त आउनु’ भन्दै महिलालाई फोन गरेका थिए। महिलाले आफ्ना आठ वर्षका बच्चालाई स्याहार्नुपर्ने भएकाले भोलिपल्ट आउने बताउँदा, दाहालले चोरलाई छोडिदिन्छु भन्दै तत्काल आउन बाध्य बनाएको महिलाको आरोप छ। महिलाले पैसा नभएको बताउँदा दाहालले पठाओ गरेर बोलाएको पनि बयानमा उल्लेख छ।

महिलाले ठमेलमा पुगेपछि चोर कहाँ छ भनेर सोध्दा दाहालले एकछिनमा ल्याउने भन्दै उनलाई एक होटलको कोठामा पुर्‍याएका थिए। त्यहाँ उनले जबर्जस्ती गर्न खोजेपछि महिलाले भाग्न सफल भएको दाबी गरेकी छिन्।

घटनापछि हवल्दार दाहाललाई तत्काल निलम्बन गरिएको छ र अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो