2026-07-26 08:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बाढी महाशाखाको ‘अलर्ट’: आज काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाऊँ

असोज १७, काठमाडौं | बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँसहित देशका २४ जिल्लाका नदी-खोलामा बाढीको सम्भावना रहेको बताउँदै प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाले आज बिहान जारी गरेको सूचनामा पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा नदीको बहाव उल्लेख्य बढ्ने र केही क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।

पूर्वका १२ जिल्ला, जसमध्ये उदयपुर, रामेछाप, सिन्धुली, मकवानपुर, सप्तरी, सिराहा, र धनुषामा पनि बाढीको जोखिम रहेको सूचनामा उल्लेख गरिएको छ। महाशाखाले यी क्षेत्रमा नदीतटीय क्षेत्रका गतिविधिमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

अगामी तीन दिन कर्णाली, महाकाली, पश्चिम राप्ती र बबई नदीमा जलसतह सामान्य घटबढ हुने भए पनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ। तर, कोसी, नारायणी, कमला, बागमती, र पूर्वी राप्ती नदीहरूमा जलसतह आज र भोलि उल्लेख्य रूपमा बढ्ने भएकाले ती क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन भनिएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले प्रभावित क्षेत्रका जनतालाई सतर्क रहन र कुनै आकस्मिक घटनाबाट बच्नका लागि आवश्यक तयारी गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली