२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पृथ्वी राजमार्गका दर्जन ठाउँमा पहिरो, जथाभावी ओभरटेकले घण्टौँ हुन्छ जाम

२०८१, १७ आश्विन बिहीबार ०९:१२

असोज १७, काठमाडौँ | गत शुक्रबार र शनिबारको बाढीले पूर्वी नेपाल जाने बीपी राजमार्गलाई बगाएर २ किलोमिटर सडक कामै नलाग्ने गरी क्षतिग्रस्त पारेको छ। काभ्रेपलाञ्चोक र सिन्धुलीमा भएको यस घटनाका कारण अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ।

बीपी राजमार्ग मर्मतसम्भारको प्रक्रियामा रहँदा, पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधन त्रिभुवन र पृथ्वी राजमार्गमा पुगिरहेका छन्। यद्यपि, यी दुई राजमार्ग पनि दुरुस्त छैनन्। नागढुंगा क्षेत्रको झ्याप्ले खोला पहिरोले सडकको दुर्दशा गर्दै आएको छ, जसले ३५ जनाको ज्यान लिएको थियो।


ट्राफिक प्रहरीले हाल सवारीसाधन चालकहरूलाई पृथ्वी राजमार्ग प्रयोग गर्दा सचेत गराइरहेको छ। त्रिभुवन राजपथमा सडकका दायाँबायाँ ट्राफिक प्रहरी खटिएका छन्। तर, पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी ओभरटेक गर्दा अरुलाई पनि सास्ती भोग्नु परेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालका अनुसार, धादिङ भित्रका दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ।

स्रोतका अनुसार, बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ। अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी सञ्चालनमा रहेको जानकारी प्राप्त भएको छ। सिलवालले अन्य स्थानहरूमा पनि सडक दुरुस्त नभएको उल्लेख गर्दै झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं. नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त भएको जानकारी दिए।

सार्वजनिक यातायातमा अत्यधिक चाप बढेको र पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा लामो जाम हुने गरेका कारण सवारी चालकहरूले लेन अनुशासन पालना गर्नु आवश्यक रहेको सिलवालले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन