2026-09-22 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कूल बसको ठक्करबाट बालकको मृत्यु

असोज १८, नवलपुर | नवलपुरको कावासोतीमा स्कुल बसको ठक्करबाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा कोइलापानीबाट फलफूल चोक जाँदै गरेको गण्डकी बोर्डिङ स्कूलको ना १ क ५८१७ नम्बरको बसले ठक्कर दिँदा कावासोती १ छहारी चोक निवासी यम पौडेलका २२ महिने छोरा सम्राटको मृत्यु भएको हो । 

बसले बालबालिकालाई विद्यालय पुर्‍याउँदै गर्दा सडकमा खेली रहेका बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

ठक्करबाट गम्भीर घाइते बालकको उपचारका लागि नवलपुर अस्पताल कावासोती लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा छ ।  

त्यसैगरी गएराति मोटरसाइकल र स्कुटी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बा. प्र. ०२–०४९ प २६६६ नम्बरको मोटरसाइकल र ना ३८ प ७९१६ नम्बरको स्कुटर पुरानो कावासोतीमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन् । 

दुर्घटनामा परी मोटरसाइकल चालक बाँके खजुरा २ निवासी २७ वर्षीया सन्जु विक, स्कुटर चालक कावासोती १४ त्रिभुवनटार निवासी ४० वर्षीया राधा महतो र स्कुटी पछाडि सवार २९ वर्षीया जमुना थापा घाइते भएका हुन् । उनीहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो