पढ्न करिब 1 मिनेट लाग्छ

असोज १८, विराटनगर | ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि विराटनगर तनानग्रस्त बनेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले ट्रक चालकलाई कारबाही र मृतकको परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आईसीपी रोडमा आन्दोलन गरेका हुन् ।

उनीहरुले ढुङ्गामुढासहित प्रदर्शन गरेका छन् । भिडलाई नियन्त्रण गर्न १० राउन्ड अश्रुग्यास समेत प्रहार गरिएको मोरङ प्रहरीका डीएसपी बेद जोशीले जानकारी दिए ।

बिहीबार बेलुका झण्डै ७ बजे ना ४ ख २४८३ नम्बरको ट्रकले साइकलयात्री विराटनगर महानगरपालिका-१८ का ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो । उपचारका लागि विराट नर्सिङहोम पुर्याए लगत्तै साहको मृत्यु भएको थियो ।

प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका-५ का ३० वर्षीय दिपक यादवलाई पक्राउ गरिसकेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।