2026-11-04 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज

असोज १८, काठमाडौँ |  बलिवुड अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज भएका छन् । 

आफ्नै पेस्तोलले खुट्टामा गोली लागेर घाइते भएका अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

अस्पतालबाट निस्किएपछि उनले मिडिया र फ्यानलाई हात जोडेर कृतज्ञता व्यक्त गरेका थिए । उनले भने, ‘म सबैलाई धन्यवाद दिन चाहन्छु । चिकित्सक, प्रहरी, प्रशासन । मेरो लागि प्रार्थना गर्ने र धेरै माया गर्नुहुने सम्पुर्णमा धन्यवाद । म अहिले ठीक छु, सुरक्षित छु ।’

गत मंगलबार गोविन्दा मुम्बईको जुहुस्थित आफ्नै निवासमा आफ्नै लाइसेन्स रिभल्भरको गोली लागेर घाइते भएका थिए । उनलाई मंगलबारदेखि अस्पतालमा भर्ना गरिएको थियो । 

गोविन्दालाई ह्वील चेयरमा बाहिर ल्याइएको थियो । यस क्रममा उनले फ्यानलाई हाँसेर मुस्कुराउँदै भेटेका थिए । गोविन्दालाई चिकित्सकहरुले छ हप्ता आराम गर्न सल्लाह दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै