2026-10-18 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

बिदेसबाट मिर्गौला पीडितलाई १७ लाख

प्रकाश धौलाकोटी | कात्तिक २०, तेह्रथुम | दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । 

उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकासन भएपछि देश तथा विदेशबाट यत्तिका रकम सहयोग वापत संकलन भएको हो । पछिल्लो पटक बेलायतबाट ५ लाख १ हजार ९५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको खिनमायाँ वचाउ अभियानका अगुवा पत्रकार प्रकाश पाक्सावाले बताए । 

यस्तै मलेशियाबाट ५ लाख, कोरियाबाट डेढ लाख, कतारबाट १ लाख ६५ हजार, इजरायलदेखि २७ हजार, हङकङबाट ७० हजार र सहयोगकालागि खोलिएको खातामा जम्मा भएको गरी कुल १७ लाख बढी रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेकी लिम्बुकोे उपचारमा समस्या भएको बारे समाचार पढेपछि विदेशमा रहेका नेपालीबाट रकम संकलन अभियान चलाएको कुरुम्भङ समाज बेलायतका कोषाध्यक्ष शेरबहादुर कुरुम्भङले बताए ।

खिनामायाँको उपचारका लागि विभिन्न देशहरूबाट व्यक्तिगत साथै संस्थागत रूपमा अभियानै संचालन गरी आर्थिक सहयोग अभियान चलाइएको हो । मिर्गौला प्रत्यारोपणकालागि सहयोग संकलन गरिएको भएपनि उपचारमा ढिलाई भएको सरोकारवालाले गुनासो गरेका छन् । यता पिडित खिनमायाका श्रीमान् तिलप्रसाद लिम्बुले भने आफुहरुले उपचारकोलागि प्रयत्न गरिरहेको भएपनि चाडपर्वका कारण अस्पताल र चिकित्सकहरुले ढिलो गरिदिइरहेको बताए ।

 खिनमायालाई अहिले नियमित डाइलोसिस सँगै परीक्षणकालागि काठमाडौं लगिएको छ । काठमाडौको भेनस अस्पतालमा नियमित डाइलोसिस र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको खिनमायाका आफन्तले बताएका छन् ।

 खिनमायाकी आमाले उनलाई मिर्गौला दिन चाहनुभएको छ । अहिले डा. पुकारचन्द्र श्रेष्ठले खिनमायाकी आमाको स्वास्थ्य अवस्थाबारे परीक्षण गरी मिर्गौला प्रत्यारोपणको प्रयास भइरहेको आफन्तले बताएका छन् ।

श्रीमान् तिलप्रसादका अनुसार चिकित्सकले मिर्गौला प्रत्यारोपणकालागि मात्रै झण्डै ७ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर मिर्गौला प्रत्यारोपणको टुंगो भने लागिसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु