काभ्रेका तीन पालिकालाई काठमाडौँ महानगरको २०/२० लाख सहयोग

साझासवाल

असोज १८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकका तीनवटा स्थानीय तहलाई २०/२० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलाञ्चोकका तीन पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो।

काभ्रेपलाञ्चोकका पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग गर्ने निर्णय भएको काठमाडौँ महानगरले जनाएको छ।

पालिकाहरूको सहयोगको मागपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगको सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो। वाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई विपद् व्यवस्थापन कोषबाट सहयोग उपलब्ध गराइएको महानगरले जनाएको छ।

असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले काभ्रेपलाञ्चोकका यी पालिकाहरूमा मानवीय र भौतिक क्षति भएको छ।

Leave a Comment

Leave a Reply