पछिल्लो प्रश्तावले बागलुङको विकट क्षेत्रहरुमा खुसियाली

Posted on: 05 Nov, 2016

कृष्ण कँडेल | जिल्ला प्रविधिक सहयोग समितिले बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ मा ४ ओटा गाउँपालिका बनाउने प्रश्तव गरेपछि भौगोलिक रुपमा विकट क्षेत्रमा खुसीयाली बढेको छ । निसीखोला र तमानखोलामा दुई छुट्टाछुट्टै गाउँपालिकाको प्रश्ताव गरेपछि त्यहाँका नागरिकमा घर नजिकैबाट सेवा पाउने विश्वास बढेको हो । यसअघि जिल्ला प्रविधिक सहयोग समितिले तमानखोलाका तमान, खुङ्गा, खुङ्खानी र बोङ्गादोभान गाविसलाई वुर्तिबाङ केन्द्र हुने ढोरपाटन गाउँपालिकामा प्रश्ताव गरेको थियो ।

बुर्तिबाङ केन्द्र हुँदा अहिलेकै जस्तो राज्यका सुविधा लिन फेरी पनि टाढा जानुपर्ने बाध्यता हुने भन्दै उनिहरुले विशेष क्षेत्र सहितको तमानखोला गाउँपालिकाको प्रश्तव गर्दै आएका थिए । कात्तिक १० गते भएको चारै गाविसको सर्वदलिय बैठकले छुट्टै विशेष, संरक्षित तथा स्वायत्त क्षेत्र सहितको गाउँपालिका बनाउने निर्णय गरेको थियो । दलित, जनजाती, अल्पसंख्यक नागरिकको बसोवार क्षेत्र भएको र भौगोलिक विकताले विकाशका पुर्वाधार सडक लगायत पुग्न नसकेकाले नगरपालिकामा जान उपयुक्त नहुने भनेर गाउँपालिकामै जन सवै दल सहिमत भएको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य बोङ्गादोभानका सुर्य श्रीपालीले जानकारी दिनुभयो । चारओटा गाविस मध्य खुङ्गा बुर्तिबाङको नजिक हुने भएकाले त्यहाँका केहि नागरिकको धारणा बुर्तिबाङ केन्द्रमै जानुपर्छ भन्ने रहेको आउने गरेको थियो । तर कात्तिक १० बैठकमा खुङ्गाबाट पनि सवै दलको सहभागीता रहको र स्थानिय गाउँपालिका नै बनाउन सहमती भएका थिए । बैठकमा काँग्रेश खुङ्गाका सभापती थमबहादुर घर्ती, काँग्रश क्षेत्रीय सदस्य खुङ्गाकै नर्जङ्ग श्रीपाली लगायत सवै सक्रिय राजनैतिक दलको सहभागीता थियो । 

स्थानियको माग अनुसार नै जिल्ला प्रविधिक सहयोग समितिले शुक्रवार ४ ओटा गाविसको छुट्टै गाउँपालिका प्रश्ताव गरेको छ । यो प्रश्तावले तमानखोलावासी उत्साहित बनेका छन् । तर यो खुसि सँधैका लागि हुन्छ कि अर्को निर्णय नहुँदासम्मका लागि मात्र हुन्छ भन्ने पुष्टि हुन केहि समय लाग्ने देखिन्छ । 

जिल्लाका केहि नेताहरु पर्टिको आन्तरिक कार्यक्रममा व्यस्त भएका कारण कात्तिक २३÷२४ गतेसम्मका लागि यो विषयलाई स्थगित गरिएको खवरहरु आएका छन् । यसलाई निर्णयमा पुराउनसके सदियौँदेखि दुरदराजबाट समान्य सेवा लिन हप्तौँ लगाएर बागलुङ बजार र बुर्तिबाङ बजार जानुपर्ने बाध्यता हट्ने उनिहरुको विश्वास छ । 

यता निसी र बोहरागाउँका नागरिकले पनि तिनओटा गाविसको गाउँपालिका बन्ने आशा सहित राहत महसुस गरेका छन् । यसअघि प्रश्तावित निसीखोला गाउँपालिकाको केन्द्र बोहरागाउँको झिवाखोला रहने भएपछि राज्यको सुविधा र विकास केहि भएपनि नजिक आउने भयो भनेर उनिहरुमा आशा पलाएको थियो । पछिल्लोपटक देविस्थानले आफुले गाउँपालिकाको केन्द्र पाए निसीखोलामै बस्ने नत्र बुर्तिबाङतिर मिसिने गरि बार्गेनिङ हुन थालेपछि उनिहरु ससंकित थिए । सवैभन्दा धेरै चिन्ता त बुर्तिबाङलाई केन्द्र मानेर नगरपालिका बनाउने निसी र बोहरागउँलाई पनि ल्याउने निर्णय नगरविकास समितिको सर्वदलिय बैठकले गरेपछि त्यहाँ आक्रोश बढेको थियो । आफुहरु दुरदजमा रहेको अवस्थामा विकाशबाट बन्चित हुनुपरेको र नगरबनेपछि पनि उल्टै धेरै कर तिनुपर्ने जस्ता झन्झट आउने भएकाले पहिलेको जिल्ला सदरमुकाम जस्तो धेरै टाढा हुने नगरको केन्द्रबाट सहज रुपमा सेवा लिन नपाईने स्थानिय नागरिकको चिन्ता रहेको थियो । स्थानिय नेताहरुको पनि स्थानिय रुपमै गाउँपालिका बन्दा त्यहाँ आफु नेता हुन पाईने भएकाले उतै जोड गर्ने गरेका हुन् । जबकि बुर्तिबाङ आउनुप¥यो भने आफ्नो पार्टि भित्रै पनि क्षेत्रीय स्तरबाटै ठुला नेताले नेतृत्व लिने र आफुहरुले अवसर नपाउने उनिहरुको चिन्ता हो । 

निसीका स्थानिय भुमिराज घर्ती मगरले ईलाका नम्बर–१३ अन्तरगत पर्ने निसीखोलाका ४ ओटै गाविस गाउँपालिकामा जान तयार रहेको सर्वदलिय निर्णय भएको अवस्थामा पछिल्लो प्रश्ताव सकारात्म नै भएको बताउनुभयो । राजकुतलाई पनि निसीखोला गाउँपालिकामा जान सहमत भएकाले त्यहि राख्नुपर्ने घर्तीको धारणा छ । तर जनसंख्या लगायत मापदण्ड पुगे ईलाका अनुसार ३ ओटामात्रै गाविसको गाउँपालिका बनाएपनि हुने उहाँको मत छ ।

नेपाली काँग्रशका जिल्ला कार्यसमिति सदस्य बोहरागाउँका तारानाथ शर्माले राजकुतलाई पनि समावेश गरेर गाउँपालिका बनाउने र देविस्थानको उचित स्थानमा केन्द्र मान्ने कुरामा सवै दल सहमत रहको अवस्थामा चार ओटै गाविसको गाउँपालिका बनाउनुपर्न धारणा छ । शर्माले राजकुत आफै बुर्तिबाङ जान तयार भए आफुहरुलाई कुनै आपत्ति भएको बताउनुभयो । 

प्रभा मावि बोहरागाउँका प्रधानाध्यापक नवराज आचार्यले स्थानिय गाउँपालिका बनाउन सवै सहमत भएको अवस्थामा त्यो निर्णय आए खुसि नै हुने बताउनुभयो । 

यता भिङगिठेमा भने पछिल्लो प्रश्तावले असन्तुष्टि बढाएको छ । भिङगिठेका स्थानिय राजनैतिकदलले स्थानिय निकाय गठनका सम्बन्धमा बारम्बार फरक–फरक निर्णय हुने गरेको भन्दै आफ्नो गाविसलाई केन्द्र बनाई गाउँपालिका गठनको माग गरेका छन् । उनिहरुले जिल्ला प्राविधिक सहयोग समितिले शुक्रवार दलहरुसँग छलफलमा राखेको प्रश्तावमा आफ्नो गाविसलाई बुर्तिबाङसँग मिसाउने गरि स्थानिय निकायमा लैजान गरेको सिफारिस प्रति कडा आपत्ति जनाएका छन् । यस अघि ग्वालीचौर केन्द्र हुँदा आफुहरु मान्न तयार भएपनि प्रत्यक पटक फरक–फरक कुरा आउने गरेको भन्दै अब आफ्नै गाविसमा केन्द्र रहने गरि गाउँपालिकामा जने निर्णय गरेका हुन् ।    

आज भएको सर्वदलिय बैठकले रणसिंहकिटेनी, ग्वालीचौर, दर्लिङ र भिङगिठे गाविसको गाउँपालिका बनाउन पहल गर्ने निर्णय गर्दै त्यसका लागि भोलि जिल्ला प्राविधिक सहयाग समिति र दलका नेतृत्व समक्ष डेलिकेशन जाने भएको छ ।  

नाटकिय ढंगले नयाँ–नयाँ खाका आएको भन्दै नेकपा माओवादी केन्द्रका गाविस अध्यक्ष जीत थापाले दुर्गम गाविस रणसिंहकिटेनीलाई पनि सेवा लिन सजिालो हुने गरि गाउँपालिका बनाउने निर्णय गरेको बताउनुभो । यि चार गाविसको जनसंख्या १९ हजार ३ सय ४९ रहेको छ । 

गाउँपालिकाको लागि २२ हजार जनसंख्यामा १५ प्रतिशत तलमाथि गर्न सकिने भएकाले चार ओटा गाविसलाई जनसंख्याका आधारमा पनि गाउँपालिका बनाउन सकिने नेपाली काँग्रश गाउँ कार्यसमितिका सभापती कृष्ण गुरुङले बताउनुभयो । सभापती गुरुङले अहिले आफ्नो गाविसको सर्वदालिय बैठक गरि अरु तिन गाविसलाई पनि भिङगिठे केन्द्र हुने गरि गाउँपालिकामा आउन आग्रह गर्ने निर्णय भएको बताउनुभयो । 

नेकपा एमालेका प्रतिनिधि दिपक रायमाझिले निर्णय कार्यान्वयनको पहल गर्न अरु गाविससँग छलफल गर्ने र भोली नै जिल्लाका राजनैतिक दल तथा प्रविधिक समितिमा डेलिकेशन जाने बताउनुभयो । जिल्ला प्रविधिक समितिको अघिल्लो प्रश्तावमा भिङगिठे ग्वालीचौर केन्द्र हुने गाउँपालिकामा परेको थियो । शुक्रवार जिल्ला प्रविधिक समितिले भिङगिठे र दर्लिङलाई बुर्तिबाङ केन्द्र हुने गाउँपालिकामा राख्ने प्रश्ताव गरेको छ । 

राजकुत गाविसका भने असन्तुष्टि व्यक्त भएको छ । नेपाली काँग्रेश जिल्ला सदस्य राजकुतका प्रकाश कुँवरले गाउँपालिका नगरपालिका जेसुकै बनेपछि बुर्तिबाङ केन्द्रमा जान नसकिने बताउनुभयो । उहाँले निसीखोला गाउँपालिका नै उपयुक्त भएको बताउनुभयो । यसअघिको चार गाविसको सर्वदालिय बैठकको निर्णय पनि निसीखोलामा पर्ने चारै गाविसको एउटा गाउँपालिका बनाउने निर्णय भएकाले त्यहि उपयुक्त भएको उहाँको ठहर छ । तर राजकुत गाउँ सभापती तेजेन्द्र विक्रम कुँवरले देविस्थान केन्द्र हुने सन्दर्भमा निसीखोला मान्ने भनिएपनि केन्द्र त्यहाँ कुनैपनि हालतमा नहुने भएकाले बुर्तिबाङ नै उपयुक्त हने तर्क गर्नुभएको छ । बुर्तिबाङ बसेर सभापतीले गाउँमा कुनै बैठक नगरी एकलौटि गर्दै आएकाले अविश्वासको प्रश्ताव ल्याएर हटाउने तयारी गरेको जिल्ला सदस्य प्रकाशले गाउँ कार्यसमितिमा ३३ जना क्रियाशिल सदस्य भएकोमा २९ जना अविश्वासको पक्षमा रहेको बताउनुभयो । त्यसका लागि आईतवार बैठक हरेको उहाँको भनाई छ । 

बुर्तिबाङ सहित राजकुत, अधिकारीचोर, बोबाङ, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रश्ताव गरिएपछि नगरपालिकाका पक्षधारले जुनसुकै हातलमा नगरपालिका बनाउनुपर्न धारणा राखेका छन् । उनिहरुको मुख्य जोड बुर्तिबाङ सहितको स्थानिय निकाय नगरपालिका नै हुनुपर्छ भन्नेमा छ । एमाले, माओवादी केन्द्र र राजमोका बुर्तिबाङका नेताहरुले नगरपालिका जुनसुकै हालतमा बनाउनुपर्ने र गाविसको सन्दर्भमा जिल्ला प्रविधिक समितिको पछिल्लो प्रश्तावकै वरिपरि सहमती खोजिनुपर्ने धारणा राखेका छन् । नेपाली काँग्रेशले भने भुजीखोलाका २, निसिखोलाका ३, र राजकुत गाविस समेटेर ईलाका नम्बर–१० र १३ लाई मिलाएर नगरपालिका बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यौ कुनैपनि हालतमा व्यवाहरिक र सम्भब नहुने राजमोका जिल्ला अध्यक्ष अमर थापाको तर्क छ । थापाले भिमगिठेलाई छोडेर निसी र बोबाङलाई बुर्तिबाङमा ल्याउनु तर्क संगत नभएको बताउनुभयो ।  

उता ताराखोलामा ४ ओटा गाविसको छुट्टै गाउँपालिका बनाउने प्रश्तावको स्वागत गरिएको छ । सवै स्थानिय राजनैतिक दलका प्रतिनिधि सहमत प्रश्तावको स्वागतमा देखिएका छन् । 

जिल्ला प्राविधिक समिति बागलुङले माथिल्लो गलकोटका ४ ओटा गाविसलाई गाउँपालिका बनाउन सकिने गरि सर्वदलिय वैठक राखेको प्रश्ताव सकारात्मक भएको भन्दै त्यहाँका सरोकारवाले स्वागत गरेका छन् । जिल्ला प्राविधिक समितिले यस अघि गलकोट नगरपालिकामा राखेका तारा, हिल, अर्गल र अमरभुमिलाई शुक्रवारको छलफलमा छुट्टै गाउँपालिका प्रश्ताव गरेको छ । दलहरुविच थप छलफल गरेर टुङ्गो लगाउने जिल्ला प्रविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले जानकारी दिनुभयो । 

विशिष्ट पहिचान रहेको ताराखोला क्षेत्रलाई विशेष क्षेत्र सहितको गाउँपालिका बनाउनुपर्ने बताउँदै आएका राजनैतिक दलले प्रविधिक समितिको प्रश्ताव वैज्ञानिक र न्यायपुर्ण भएको बताएका छन् । चारओटै गाविसमा क्रियाशिल सवैदलको उपस्थितीमा गाउँपालिका बनाउने गरि गत असार १२ गतेको बैठकले गरेको सर्वसम्मत निर्णय अनुसार नै प्रश्ताव आएकाले स्थानिय नागरिकको भावनलाई त्यसले समेटेको उनिहरुको ठहर छ । 

तर गलकोटका हटिया र हरिचौरका राजनैतिक दलका अगुवाले यि ४ ओटा गाविसलाई पनि समेटेर साधनस्रोत सम्पन्न गलकोट नगरपालिका बनाउनुपर्ने तर्क गर्दै आएका छन् । साझा गलकोटको मनोविज्ञानलाई निर्वाचन क्षेत्र बनाउँदा विगतमा टुक्रार्ईको भन्दै अव पनि गलकोट टुक्रिए विकाशमा फेरी पछि पर्ने उनिहरुको भनाई छ । गलकोटका केहि नेताहरुले आफ्ना माग विपरित पार्टिले गलकोटलाई फुटाउने प्रयास गरे एउटै गलकोटका लागि पार्टिको सदस्यता समेत त्यागेर आन्दोलनमा उत्रिने बताएका थिए । प्राविधिक समितिले छुट्टै गाउँपालिका प्रश्तव गरेपछि एउटै गलकोटका पक्षधरहरुले त्यसलाई नमान्नै भन्दै सर्वपक्षिय छलफल सुरु गरेका छन् ।  

यस अघि जिल्ला प्रविधिक समितिले चारै गाविसलाई गलकोट नगरपालिकामा राख्ने प्रश्ताव गरेको थियो । 

तारा गाविसका निवर्तमान अध्यक्ष तथा नेपाली काँग्रशका नेता डन्नपानी कँडेलले ताराखोला क्षेत्रको संस्कृतिक पहिचान, भौगोलिक विकटता र साझा मनोविज्ञान तथा जनजातीको बाहुल्यताका आधारमा छुट्टै विषेशता रहेकाले गाउँपालिका पश्ताव हुनु सकारात्म भएको बताउनुभयो । कँडेलले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नकै लागि पनि जुनसुकै हालतमा छुट्टै गाउँपालिका बनाउनुपर्ने तर्क गर्नुभएको छ । 

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य हिलका स्थानियवासी सञ्जयकुमार श्रेष्ठले शुक्रवार भएको पार्टि जिल्लाको बैठकमा ४ ओटा गाविसको छुट्टै गाविस बनाउनुपर्ने धारणा राखेको बताउनुभयो । श्रेष्ठले मापदण्ड अनुसार जनसंख्या नपुगेपनि विशिष्ट पहिचान, भौगोलिक जाटिलता तथा जातिय सघनताको आधारमा बिशेष क्षेत्र बनाउनुपर्ने बताउनुभयो । सामान्य अवस्थामा गाउँपालिका बनाउन २२ हजार जनसंख्या आवश्यक पर्नेमा चार गाविसको जनसंख्या १२ हजार ९०० मात्र रहेको छ । 

नेकपा माओवादी केन्द्रका जिल्ला नेता तथा अर्गलका स्थानिय प्रकाश घर्तीले अहिलेपनि गाउँपालिका बनाउन नसके ताराखोला क्षेत्र सँधै पछि पर्ने दावि गर्दै छुट्टै गाउँपालिका बनाउन जुनसुकै मुल्य चुकाउन तयार रहेको तर्क गर्नुभएको छ । घर्तीले चारओटै गाविसका सवैराजनैतिक दलको सर्वसम्मत निर्णय अनुसार जिल्ला प्रविधिक समितिले प्रश्ताव आएकाले जुनसुकै अवस्थामा पनि यसलाई पारित गर्नुपर्ने बताउनुभयो ।  

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य हिलका तिर्थसिंह थापाले चार गाविसको सर्वदलिय निर्णय अनुसार नै प्रश्ताव आएकाले स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले चारओटा गाविसको सवैकुरा मिल्ने र हटिया, हरिचौर तिर केन्द्र बनाउँदा नागरिकलाई सेवा लिन समस्या हुने बताउनुभयो । 

अमरभुमि गाविसका पुर्वअध्यक्ष तथा काँग्रश नेता नन्दलाल गैरेले जनजातीको सघनतामा सवैको मेलमिलाप सहित साझा भावना रहेको र जिल्लाकै दुर्गम पर्ने चार गाविसमा रहेका प्राकृतिक साधन श्रोतलाई परिचालन गरि विकासको गतिमा अघि बढाउन छुट्टै गाउँपालिका बनाउन माग गर्नुभयो । गैरेले आफ्नै अध्यक्षतामा गत असारमा भएको सर्वदलिय वैठकको भावना अनुसार नै पछिल्लो प्रश्ताव आएकाले त्यसलाई निर्णय प्रक्रियामा लैजानुपर्नेमा जोड दिनुभयो । 

गलकोटलाई तिन तिर पारिएको भन्दै समग्र गलकोट बलियो नगरपालिकाका पक्षधरहरुले असन्तुष्टि व्यक्त गरेका छन् । उनिहरुले गलकोटमा सवैको साझा मनोविज्ञान रहकाले छुटाउन नहुने धारणा राख्दै आएका छन् । 

गलकोट सेवा समाज बागलुङको समन्वयमा आज बागलुङ बजारमा भएको सर्वपक्षिय बैठकले गलकोटका १२ ओटा गाविस र रणसिंहकिटेनीका ४ ओटा वडालाई नगरपालिका बनाउन पहल गर्ने निर्णय गरेको छ । समाजका अध्यक्ष हुमबहादुर थापाको अध्यक्षतामा भएको बैठकम राजनैतिक दलका प्रतिनिधि तथा गलकोटसँग सरोकार राख्नेहरुको सहभागीता रहेको थियो  ।

बैठकले गलकोटका हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी, दुदिलाभाटी, रिघा, पाण्डवखानी, तारा, हिल, अर्गल र अमरभुमि गाविसमा रणसिंहकिटेनी गाविसको वडा नम्बर–६ देखि ९ लाई समेटेर बलियो नगरपालिका बनाउन माग गरेको छ । स्थानिय रुपमा सहमती रहे गलकोटमै पर्ने सल्यान र सुखौरालाई पनि गलकोट नगरमै समेट्न सकिन निष्कर्ष रहको वैठकमा सहभागी गलकोट एफएमका अध्यक्ष राजबहादुर थापाले जानकारी दिनुभयो । 

विगत देखि नै गलकोटलाई छुट्याएर राजगर्ने गरिएको र अहिलेपनि त्यहि कुरा दोहो¥याउन खोजिएको आपत्ति जनाउँदै माग सम्बोधन नभए चारणवद्ध आन्दोलनमा जाने निर्णय भएको गलसकोट सेवा समाज बागलुङका अध्यक्ष हुमबहादुर थापाले जानकारी दिनुभयो । थापाले पहिले साधनस्रोत सम्पन्न एउटै गलकोट नगरपालिका बनाउन जिल्लाका राजनैतिक दल, जिल्ला प्रविधिक समिति तथा केन्द्रमा पहल गर्ने तर माग पुरा नभए थप छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने निर्णय भएको बताउनुभयो । 

ताराखोला क्षेत्रका ४ ओटा गाविसलाई गलकोट नगरपालिकाको संरक्षित क्षेत्र बनाएर जाँदा गलकोटको साझा मनोविज्ञान पनि समेटिने र तारा क्षेत्रको माग पनि सम्बोधन हुने विषयमा छलफल भएको गलकोट एफएमका अध्यक्ष राज थापाको भनाई छ । 

दरमखोला, घुम्टेलेक, गौँदीखोला जस्ता प्रकृतिक सम्पदामा सवैको स्वामित्व कायम गरि हटिया, हरिचौर र मल्म र नरेठाँटीलाई केन्द्र बनाए पुर्वाधार विकाश गर्न सके गलकोटको विकास अघि जाने थापाले बताउनुभयो । 

चार ओटा गाविसको छुट्टै गाउँपालिका बनाएपनि तत्काल विकासका पुर्वाधार निर्माण हुन नसक्ने र दुर्गम ठाउँको विकाश प्रक्रिया झन् पछि पर्ने उहाँको तर्क छ । बैठकमा नेपाली काँग्रश बागलुङका कोषाध्यक्ष उमेश गौतम, जिल्ला कार्यसमिति सदस्य फमबहादुर खत्री, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञामनाथ गैरे अनिल र राजिव घिमिरे लगायतको उपस्थिती थियो । 

गलकोट सेवा समाज बागलुङका पदाधिकारी तथा सदस्य सहित गलकोटसँग सरोकार राख्नेहरुपनि सहभागी थिए । बागलुङ बजारमा व्यवसय गर्दै आउनुभएका ताराखोलाका हरि सुवेदी र जगत विक पनि वैठकमा सहभागी हुनुहुन्थ्यो । बैठकले नेपालका विभिन्न ठाउँ तथा विदेशमा रहेक गलकोट समाज तथा गलकोटका शुभचिन्तक, पत्रकार लगायत सिङ्गो गलकोट एउटै बनाउने पक्षका शुभचिन्तकलाई यसको लागि पहल गर्ने निर्णय समेत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!