२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बगलुङको खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

२०७३, २० कार्तिक शनिबार १५:५०

खेमराज अर्याल | कात्तिक २०, बागलुङ | बागलुङ खुङ्खानी गाँउ विकास समितिको नर्जाखानीमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना सँगै आज उद्घाटन गरीएको छ । स्वास्थ्य ईकाईको जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको हो । 

उद्घाटनपछी श्रेष्ठले जिल्लाको दुर्गम क्षेत्र खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्दा खुसी लागेको बताउनु भएको छ । उहाँले नर्जाखानीमा स्वास्थ्य इकाई स्थापना भएपछी त्यहाका स्थानियलाई सामान्य स्वास्थय सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो । 

नर्जाखानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना सँगै खुङ्खानी गाँउ विकास समितिको वडा नम्बर ७, ८ र ९ का जनतालाई  स्वास्थय सेवा लिन सहज हुने भएको छ । कार्यलयमा १ जना अहेव र १ जना अनमी रहेका छन् । स्वास्थ्य इकाइको स्थापना भएपछी त्यहाँका स्थानियवासी हर्षित भएका छन् ।

उद्घाटन कार्यक्रममा शान्ति माध्यमिक विद्यालय खुङ्खानीका शिक्षक सरोजकुमार छन्त्याल ,बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्नु प्रसाद मिश्र , स्थानिय सुरेन्द्र छन्त्याल , शान्ति माविका शिक्षक हिरा बहादुर छन्त्याल, आधारभुत निम्न माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद छन्त्याल ,स्थानिय समाजसेवी नर वहादुर शिर्पाली , महिला स्वास्थय स्वया सेविका नरकुमारी सिर्पाली लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम खुंखानी वडा नम्बर ६ का वडा नारीक मञ्च अध्यक्ष कुल वहादुर छन्त्यलको अध्यक्षता स्थानिय खिम बहादुर विक को स्वागत मन्तब्य र स्थानिय लाल वहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच आजै सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन समिति पनि गठन गरीएको छ । स्थानिय चित्र बहादुर छन्त्यालको अध्यक्षतामा ८ सदस्यिय समिति गठन गरिएको हो । जसको अन्य सदस्यहरुमा दिपक पौडेल , भिमकुमारी छन्त्याल , प्रेमदबी रसाईली , टोप बहादुर शिर्पाली , लोक बहादुर छन्त्याल, ओम प्रसाद छन्त्याल र सदस्य सचिवमा स्वास्थ्य इकाईकी अहेव लक्ष्मी छन्त्याल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश