दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले ज"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

प्रहरीलाई चोरीको उजुरी दिने व्यक्ति नै चोर ठहरिए…

२० कार्तिक २०७३, शनिबार १५:५६

दलसिंह गिरी | कात्तिक २०, कालोकोट | विद्यालयमा चोरी भएको भन्दै प्रहरी समक्ष उजुरी गर्ने अभियुक्तले आफै चोरी गरेको भन्दै सिपखानाका एक ब्यक्तिलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । 

दशैको अधिल्लो दिन विद्यालय चोरी भएको भन्दै सिपखाना गाबिसको सेराचौरमा रहेको मोतीराम उमाविका लेखापाल हर्श बहादुर बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । निबेदन पश्चात प्रहरीले चोरी भएको विद्यालयको मुचुल्का तयार पारी अनुसन्धान अगाडी बढाएको थियो । मचुल्का पश्चात प्रहरीले लेखापाल बम माथि नै निगरानी गरी सोधपुछ गर्दा आफुले नै समान चोरी गरेको स्वीकारे पछि थप अनुसन्धान तथा कार्वाहि प्रक्रिया अगाडी बढाउन जिल्ला प्रहरी कार्यालय ल्याईएको हो ।

बिद्यालयबाट कम्प्युटर लगायत अन्य समानहरु चोरी भएको भन्दै बिद्यालयका लेखापाल बमले प्रहरी चौकी मुम्रामा निवेदन दिएका थिए । यस अघि गत बर्षपनि विद्यालय चोरी भएको र विद्यालयबाट कम्प्यूटर ल्याब्टव चोरी हुनुका साथै विद्यालयका महत्वपूर्ण लेखासम्बन्धि कागजात जलाईएको अवस्थामा भेटिएको तर चोरीको खोजी कार्यका लागि विद्यालय प्रशासनले कुनै पहल नगरेको स्थानीय अभिभावक नमराज चौलागाईले वताउनु भएको छ । सरकारी सम्पतीको दुरुपयोग गरी चोरी भएको निहुँ पार्दै आफ्नो निजी सम्पती बनाउन खोज्नेलाई प्रहरी प्रशासनले कडा भन्दा कडा कार्वाहि गर्न माग समेत गर्नु भएको छ ।

चोरीको आरोपी पक्राउ गरी जिल्लामा ल्याई सकिएकाले थप छानविन गरी सार्वजनिक मुद्धा एवं चोरी मुद्धा सहितको कार्वाहि प्रक्रिया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय कालिकोटका ईन्सपेटर टेकवहादुर जोराले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो