९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शाही हत्याका अभियुक्त १ महिना पछि कालिकोटमा पक्राउ

२० कार्तिक २०७३, शनिबार १६:५१

दलसिंह गिरी | कात्तिक २०, कालिकोट | हत्या अभियोग लागेको एक २४ बर्षिया युवकलाई प्रहरीले आज जिल्ला सदरमुकाम मान्ममा पक्राउ गरेको छ । वाँके जिल्ला कोहोलपुर नगरपालिका सुतैयाका स्थानीय युवा सुवास शाहीको हत्या गरी फरार भएका जुम्ला जिल्ला महतगाउ गाविस ४ निवासी २४ बर्षिया दिनेश महतलाई प्रहरीले पक्राउ गरेको हो । 

बाँके जिल्ला अदालतले फरार अभियुक्त महतलाई दोषी ठहर गर्दै पक्राउको लागि प्रहरीलाई आग्रह गरेको थियो । अदालतको आग्रह पछि फरार अभियुक्तलाई पक्राउ गर्न बाके, सुर्खेत कालिकोट, जुम्लामा रहेका प्रहरीलाई गस्तीमा खटाए अनुसार कालिकोटका इन्सेपेटर टेक बहादुर जोरा नेतृत्वको टोलिले सदरमुकाम मान्ममै पक्राउ गर्न सफल भएको हो ।

जुम्लाको महतगाउ स्थायी घर भई कोहोलपुर बस्दै आएका महतले गत असोज १७ गते वाँके कोहोलपुरका युवक शाहीलाई हत्या गरी फरार भएका थिए । शाहीको हत्या लगतै हत्या आरोपी महत नै भएको पुष्टि भईसकेको र हत्यारा महतको कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय बाकेमा आजै पठाइएको प्रहरीले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो