१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा दश स्थानीय तह

२१ कार्तिक २०७३, आईतवार ०२:४३

कात्तिक २१, बैतडी । बैतडीमा १० वटा स्थानीय तहको प्रस्ताव स्थानीय तह पुनः संरचना आयोगमा पठाइने भएको छ । 

यसअघि स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले प्रस्ताव गरेको १० वटा स्थानीय तहको खाका नै आयोगमा पठाउने निर्णय भएको जिल्ला विकास समिति बैतडीका कार्यक्रम अधिकृत अम्बादत्त अवस्थीले जानकारी दिनुभयो । 

शनिवार १० वटा खाकामा असहमति जनाएका गाविसको हकमा देहीमान्डौँमा दशरथचन्द नगरपालिकाको केन्द्र प्रस्ताव गर्ने सहमति भएको छ भने मेलौली गाउँपालिकालाई नगरपालिकाको रुपमा सिफारिस गर्ने निर्णय भएको छ । 

यसैगरी इलाका नं ११ मा रहेका गाविस तल्लादेही, कटौजपानी, मठैराज, रिम र विजयपुरलाई ११औँ तहका रुपमा सिफारिस गर्ने र अन्तिम टुङ्गो आयोगले नै लगाउने कार्यक्रम अधिकृत अवस्थीले जानकारी दिनुभयो । असहमति भएका ठाउँका मागलाई अलग्गै प्रतिवेदनका रुपमा बुझाउने र स्थानीय तहको खाका भने १० वटाको नै बुझाउने उहाँले बताउनुभयो । 

स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समितिले तीन नगरपालिका र सात गाउँपालिका गरी १० वटा स्थानीय तह प्रस्ताव गरेको छ । जसमा दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपालिका, चमेलिया/डिलासैनी गाउँपालिका, दोगडा–केदार गाउँपालिका, सुनर्या÷पातालभूमेश्वर गाउँपालिका, सिगास गाउँपालिका, मेलौली गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव