१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

पाँचथरमा आठ स्थानीय तह रहने दुई खाका तयार

२१ कार्तिक २०७३, आईतवार ०५:२०

कात्तिक २१, पाँचथर । स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्लास्थित राजनीतिक दलले पाँचथर जिल्लामा आठओटा स्थानीय तह रहनेगरी भिन्नाभिन्नै दुई खाका स्थानीय तह पुनः संरचना आयोगमा पठाउने सहमति गरेका छन् । 

समिति र दलको छलफलबाट आठवटा स्थानीय तह रहेका दुई खाका आयोगमा पठाउने निर्णय भएको छ । दलबीच सहमति हुन नसक्दा दुई खाका आयोगमा पठाउन लागिएको हो । 

मुख्य दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गाउँपालिकाको सीमाका विषयमा सहमति नजुट्दा दुई खाका तयार भएको हो । यद्यपि आठ स्थानीय तह निर्माणका विषयमा भने नेताहरु शुक्रबारै सहमत भएका थिए । पुनः संरचनाको प्रस्तावित खाका नं १ मा दुई नगरपालिका र ६ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । जहाँ ३३ हजार तीन सय १९ जनसङ्ख्या रहेको फिदिम नगरपालिका र ४० हजार एक सय ७८ जनसङ्ख्या रहेको फाल्गुनन्द नगरपालिका निर्माणको प्रस्ताव गरिएको छ । 

फिदिम नगरपालिकामा साबिकको नगरपालिका, उत्तरको रानीटार गाविसका नौवटा वडा र दक्षिणको लुम्फाबुङ गाविसलाई समेट्ने प्रस्ताव गरिएको छ । फिदिमबजार केन्द्र रहेको उक्त नगरपालिकामा हालको फिदिम नगरपालिकाभित्र ६, रानीटारमा दुई तथा लुम्फाबुङमा एक वडा रहने प्रस्ताव गरिएको छ । 

यस्तै प्रस्तावित फाल्गुनन्द नगरपालिकामा साबिकका नवमीडाँडा, इम्बुङ, पौवासारताप, चिलिङ्दिन, फाक्तेप, आङसराङ, यासोक, माङ्जाबुङ, रानीगाँउ र स्यावरुम्बालाई वडाका रुपमा राख्ने प्रस्ताव गरिएको जसको केन्द्र यासोक बजारलाई प्रस्ताव गरिएको छ । उक्त खाकाअनुसार उत्तरका च्याङथापू, फलैँचा, ओयाम, थर्पू र नागी गाविसलाई याङवरक गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ । ६ वडा प्रस्ताव गरिएको उक्त गाउँपालिकाको केन्द्र थर्पू बजार र मान्द्रेनीलाई प्रस्ताव गरिएको छ । जसको जनसङ्ख्या १८ हजार दुई सय २८१ रहेको छ । 

अमरपुर, पञ्चमी, सुभाङ र भारपालाई मिलाई हिलिहाङ गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । २२ हजार नौ सय १३ जनसङ्ख्या रहेको उक्त प्रस्तावित गाउँपालिकाको केन्द्र गोपेटारबजार रहने प्रस्ताव गरिएको छ भने उक्त गाउँपालिकामा सात वडा रहनेछन् । 

एकतीन, मेमेङ, प्राङबुङ र सिदिनलाई मिलाएर फालेलुङ गाँउपालिका निर्माणको प्रस्ताव गरिएको छ जसको केन्द्र मच्छेबुङ मेमेङमा राख्ने प्रस्ताव गरिएको छ । १८ हजार नौ सय तीन जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा सात वडा रहने प्रस्ताव गरिएको छ । 

यस्तै याङनाम, नाङ्गिन, लुङरुपा र रानीटारको वडा नं। ९ रहेको १८ हजार आठ सय ६३ जनसङ्ख्या रहेको छिन्तापु गाउँपालिका निर्माणको प्रस्ताव गरिएको छ । नाङ्गिनको डेरीबजार केन्द्र प्रस्ताव गरिएको उक्त गाउँपालिकामा ६ वडा रहनेछन् । 

दक्षिणको आङ्ना, मौवा, वलने र हाङ्गुुम गाविसलाई मिलाई तुम्बेवा विशेष गाउँपालिकाको प्रस्ताव गरिएको छ । १३ हजार चार सय १९ जनसङ्ख्या रहेको पाँच वडा रहेको उक्त गाउँपालिकाको केन्द्र मौवाबजारलाई प्रस्ताव गरिएको छ । 

यस्तै सुदूर दक्षिणी सराङडाँडा, आरुबोटे, रबी, कुरुम्बा, लिम्बा र दुर्दिम्बा रहेको मिक्लाजोङ गाउँपालिकाको प्रस्ताव गरिएको छ । २४ हजार सात सय १५ जनसङ्ख्या रहेको उक्त गाउँपालिकामा आठ वडा रहने र केन्द्र रवीबजार रहने प्रस्ताव गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव