२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा बाढीपहिरो पीडितलाई दुई लाख १५ हजार सहयोग

२०७३, २१ कार्तिक आईतवार ०५:२८

कात्तिक २१, म्याग्दी । म्याग्दीको बेग र देवीस्थानका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्युयोर्क० अमेरिकाले आर्थिक सहयोग गरेको छ । 

म्याग्दीका बाढीपहिरो पीडितलाई लक्षित गरी सङ्कलन गरिएको दुई लाख १५ हजार सात सय पाँच रुपैयाँमध्ये बेगखोलालाई एक लाख ८५ हजार सात सय पाँच र देवीस्थान गाविसको घरथोकका दुई परिवारलाई प्रतिपरिवार १५ हजारको दरले ३० हजार उपलब्ध गराइएको थियो । 

समाजका अध्यक्ष भवीन्द्र पुर्जा मगर र सचिव याम पुनले बेगखोला बाढी व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली र देवीस्थानका तर्फबाट मङ्गलाघाटका समाजसेवी सूर्यलाल पुर्जालाई रकम हतान्तरण गर्नुभयो । 

प्रवासीको सात लाखको लगानीमा सडक मर्मत 

यसैगरी कुहूँ–८ थाइवाङको विकासमा प्रवासमा रहेका थाइवाङबासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तथा स्तरोन्नति गरेका छन् । 

थाइवाङसम्म जोड्ने कुहूँ–पञ्चासे खोला जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो । “प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ । अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्”, गौतमले भन्नुभयो । बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहूँ हँुदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरान्नति भएपछि ट्याक्सीसमेत गाउँमै पुग्छन् । 

जिल्लाकै धार्मिकस्थलका रूपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हुँुदै पर्छ । थाइवाङ गाउँ विकास अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते