१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा बाढीपहिरो पीडितलाई दुई लाख १५ हजार सहयोग

२१ कार्तिक २०७३, आईतवार ०५:२८

कात्तिक २१, म्याग्दी । म्याग्दीको बेग र देवीस्थानका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्युयोर्क० अमेरिकाले आर्थिक सहयोग गरेको छ । 

म्याग्दीका बाढीपहिरो पीडितलाई लक्षित गरी सङ्कलन गरिएको दुई लाख १५ हजार सात सय पाँच रुपैयाँमध्ये बेगखोलालाई एक लाख ८५ हजार सात सय पाँच र देवीस्थान गाविसको घरथोकका दुई परिवारलाई प्रतिपरिवार १५ हजारको दरले ३० हजार उपलब्ध गराइएको थियो । 

समाजका अध्यक्ष भवीन्द्र पुर्जा मगर र सचिव याम पुनले बेगखोला बाढी व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार सिङ्जाली र देवीस्थानका तर्फबाट मङ्गलाघाटका समाजसेवी सूर्यलाल पुर्जालाई रकम हतान्तरण गर्नुभयो । 

प्रवासीको सात लाखको लगानीमा सडक मर्मत 

यसैगरी कुहूँ–८ थाइवाङको विकासमा प्रवासमा रहेका थाइवाङबासी एकजुट भएका छन् । विश्वका विभिन्न देशमा पुगेका थाइवाङवासीले रु सात लाख जुटाएर गाउँसम्म पुग्ने सडक मर्मतसम्भार तथा स्तरोन्नति गरेका छन् । 

थाइवाङसम्म जोड्ने कुहूँ–पञ्चासे खोला जोखिमपूर्ण सडकलाई ब्रेकरको प्रयोग गरेर सडक विस्तार तथा मर्मत गरिएको थाइवाङका स्थानीय बलिभद्र गौतमले जानकारी दिनुभयो । “प्रवासमा रहेका थाइवाङवासीको सक्रियतामा सडक मर्मत भएको छ । अब सहजै गाउँसम्म सानाठूला सवारीसाधन चल्छन्”, गौतमले भन्नुभयो । बेनी–दरवाङ सडकखण्डअन्तर्गत सिमलचौर र पुलाचौर–डडुवा कुहूँ हँुदै गाउँसम्म पुग्ने पुरानो सडक भए पनि भिरालो र जोखिमपूर्ण भएकाले गाउँसम्म सहज सवारीसाधन आवतजावतमा समस्या हुने गरेको थियो । गाउँ नजिकै सवारीसाधन राखेर जानुपर्ने अवस्थामा सडक स्तरान्नति भएपछि ट्याक्सीसमेत गाउँमै पुग्छन् । 

जिल्लाकै धार्मिकस्थलका रूपमा परिचित मालिकाधुरीमा पुग्ने सबैभन्दा छोटो रुट थाइवाङ हुँुदै पर्छ । थाइवाङ गाउँ विकास अभियानमार्फत शिक्षा, स्वास्थ्य, विकास निर्माण तथा आर्थिक अवस्था कमजोर भएकाको उपचारलगायत गाउँमा आवश्यक पर्ने सबै क्षेत्रमा सहयोग गर्ने लक्ष्य रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव