२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमकि एक मिर्गौला पीडित युवतीलाई १७ लाख सहयोग

२१ कार्तिक २०७३, आईतवार १०:३५

प्रकाश धौलाकोटी/कात्तिक २१, तेह्रथुम । दुवै मिर्गौला फेल भएर आर्थिक अभावमा उपचार गराउन नसकेकी तेह्रथुमको फाक्चामारा–४ परेवाखोपकी २२ वर्षीया खिनमाया लिम्बुलाई देश विदेशमा रहेका नेपालीबाट करिब १७ लाख बढी रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । 

उनको उपचारका लागि आर्थिक अभाव भएको विषयमा विभिन्न संचार माध्यममा समाचार प्रकासन भएपछि देश तथा विदेशबाट यत्तिका रकम सहयोग वापत संकलन भएको हो । पछिल्लो पटक बेलायतबाट ५ लाख १ हजार ९५ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको खिनमायाँ वचाउ अभियानका अगुवा पत्रकार प्रकाश पाक्सावाले बताए । 

यस्तै मलेशियाबाट ५ लाख, कोरियाबाट डेढ लाख, कतारबाट १ लाख ६५ हजार, इजरायलदेखि २७ हजार, हङकङबाट ७० हजार र सहयोगकालागि खोलिएको खातामा जम्मा भएको गरी कुल १७ लाख बढी रुपैयाँ जम्मा भइसकेको जनाइएको छ । आर्थिक अवस्था कमजोर रहेकी लिम्बुकोे उपचारमा समस्या भएको बारे समाचार पढेपछि विदेशमा रहेका नेपालीबाट रकम संकलन अभियान चलाएको कुरुम्भङ समाज बेलायतका कोषाध्यक्ष शेरबहादुर कुरुम्भङले बताए ।

खिनामायाँको उपचारका लागि विभिन्न देशहरूबाट व्यक्तिगत साथै संस्थागत रूपमा अभियानै संचालन गरी आर्थिक सहयोग अभियान चलाइएको हो । मिर्गौला प्रत्यारोपणकालागि सहयोग संकलन गरिएको भएपनि उपचारमा ढिलाई भएको सरोकारवालाले गुनासो गरेका छन् । यता पिडित खिनमायाका श्रीमान् तिलप्रसाद लिम्बुले भने आफुहरुले उपचारकोलागि प्रयत्न गरिरहेको भएपनि चाडपर्वका कारण अस्पताल र चिकित्सकहरुले ढिलो गरिदिइरहेको बताए ।

 खिनमायालाई अहिले नियमित डाइलोसिस सँगै परीक्षणकालागि काठमाडौं लगिएको छ । काठमाडौको भेनस अस्पतालमा नियमित डाइलोसिस र मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको लागि तयारी भइरहेको खिनमायाका आफन्तले बताएका छन् ।

 खिनमायाकी आमाले उनलाई मिर्गौला दिन चाहनुभएको छ । अहिले डा. पुकारचन्द्र श्रेष्ठले खिनमायाकी आमाको स्वास्थ्य अवस्थाबारे परीक्षण गरी मिर्गौला प्रत्यारोपणको प्रयास भइरहेको आफन्तले बताएका छन् ।

श्रीमान् तिलप्रसादका अनुसार चिकित्सकले मिर्गौला प्रत्यारोपणकालागि मात्रै झण्डै ७ लाख रुपैयाँ लाग्ने बताएका छन् । तर मिर्गौला प्रत्यारोपणको टुंगो भने लागिसकेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य