२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

बाल क्लवको देउसी भैलो समापन

२१ कार्तिक २०७३, आईतवार ११:१८

नमिन ढकाल/कात्तिक २१, इलाम । इलामको दक्षिणी गाविस दानाबारीमा रहेको गरुवा बाल क्लबले देउसी भैलो कार्यक्रम समापन गरेको छ । 

कार्यक्रम समापनको अवसरमा बाल क्लबले शैक्षिक समाग्रीको अभावमा विद्यालय जान नसकेकी स्थानिय ४ बर्षिया बालिका सृष्टि राईलाई व्याग, कापी, पेन्सिल लगायतको शैक्षिक सामाग्री प्रदान गरेको छ । साथै सोही समारोहमा वडा नागरिक मञ्च मार्फत बाल क्लबलाई खेलकुद र शैक्षिक सामाग्री समेत प्रदान गरियो । 

समाज परिर्वतनका लागी बाल क्लबले महत्वपुर्ण भुमिका खेलेको भन्दै वडा नागरिक मञ्च मार्फत भलिबल, नेट, ग्लोब, चार्ट, एटलस तथा स्थानिय व्यवसायी अम्बर घिमिरेले फुटबल प्रदान गरे । समापन समारोहमा देउसी भैलोका सहभागी बालबालिका, नृत्य प्रशिक्षक, कार्यक्रम संयोजकलाई कदर पत्र प्रदान गरिएको थियो । 

क्लबका अध्यक्ष अविशेक भेटबालको अध्यक्षतामा भएको समापन समारोहको प्रमुख अतिथी वडा नागरिक मञ्चका संयोजक डम्बर बराइली, विशेष अतिथी श्री नेपाल एकाडेमीका संस्थापक प्रिन्सिपल तोयानाथ घिमिरे, अतिथीहरु समाजसेवी दिपक थेवे, रामकुमार प्रधान, गरुवा प्राविका प्रधानाध्यापक रामबहादुर मगरले मन्तव्य राखेका थिए । 

२०७२ मा स्थापना भएको गरुवा बाल क्लबले गत बर्ष देउसी भैलोबाट संकलित रकमबाट गरुवा प्राथमिक विद्यालयलाई २ थान वाइट बोड प्रदान गरेको थियो भने यस बर्षको रकमबाट सृष्टि राईलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । 

देउसी भैलोबाट संकलित रकम समाज रुपान्तरणका लागी सामाजिक कार्यमा खर्च गरिने क्लबका अध्यक्ष अविशेक भेटबालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला