कल्पना पौडेल/कात्तिक २१, काठमाडौँ । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई के"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कल्पना पौडेल/कात्तिक २१, काठमाडौँ । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई के"/>

2026-07-07 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका लागिन् खुसी

2016-11-06


कल्पना पौडेल/कात्तिक २१, काठमाडौँ । हँसिलो अनुहार, रचनात्मक क्रियाकलाप अनि दरिलो आत्मविश्वास भएकी १२ वर्षीया विधि पूरी ‘खुसी’ लाई भेट्ने जो कसैले उहाँलाई केही भएको होला भन्ने कल्पना गर्न पनि सक्दैनन् । 

आफू रक्त क्यान्सरबाट गुज्रिरहेको भए पनि उनको व्यवहार भने बिरामीको जस्तो नभएर निरोगी मानिसलाई पनि पाठ सिकाउने खालको छ । 

रक्त क्यान्सरबाट पीडित यी बालिकाले आफ्नो बोनम्यारो ट्रान्सप्लान्टका लागि आफ्नै प्रयासमा दाताको खोजी गरेकी छिन् । उनी गत बुधबार आफ्ना बुबाआमा र बहिनीका साथ बोनम्यारो प्रत्यारोपणका लागि अमेरिका गएकी छिन् । 

उहाँका बुबा राजेशकुमार पुरीको सहयोगमा उनी आफैँले पत्र लेखी अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, युरोपियन युनियनलगायतका ११ ठाउँमा बोनम्यारो ट्रान्सप्लान्टका लागि सहयोग गर्न अपिल गरेकी थिइन् । 

सोही अपिललाई अमेरिकाको एक अस्पतालले निःशुल्क उपचार गर्ने पत्र पठाएपछि अहिले खुसीको परिवारमा हर्षको सीमा छैन । उनका बुबाले सहयोग गर्ने सो अस्पतालको नाम तत्काल सार्वजनिक गर्न नचाहे पनि उनलाई करिब रु दुई करोडभन्दा बढीको सहयोग प्राप्त भएको बताए । 

खुसीको परिवारको अथक प्रयासले उहाँको स्वास्थ्यमा निकै सुधार आएको छ । खुसीले आफ्नो १२औँ जन्मदिनमा केक नकाटेर सो पैसा आफूजस्तै क्यान्सरपीडित बालबालिका लागि सहयोग गर्ने इच्छा गरेपछि उनका नाममा गत जेठमा रु एक लाख ५० हजार ४०२ को खुसी फाउन्डेसन एएमएल नेपाल नामक ट्रष्ट स्थापना गरिएको छ । 

खुसीले कक्षा ७ को पाठ्यपुस्तक ‘पोजेटिभ लिभिङ्बुक’मा आफूजस्तै रक्त क्यान्सरपीडित बार्बीको कथा पढेकी थिइन् जसमा उनले क्यान्सर भएपछि कसरी हिम्मतले काम गरिन्, अनि निको भएर क्यान्सर भएका बच्चाका लागि काम गरिन् भन्ने कुरा थियो । 

पुस्तकको कहानी पढ्दा त खुसीले आफू पनि यस्तै रोगको सिकार हुनुपर्नेछ भन्ने सोचेकी पनि थिइनन् । उनले भनिन् – “जब मलाई दिल्लीमा यो रोग भएको थाहा भयो । अनि मैले बार्बीको कथा सम्झें । अरुलाई पनि यस्तो रोग लागेको छ र राम्रो उपचार गरे निको पनि हुन्छ भनेर चिन्ता लिइनँ ।” 

उनका कुरा सुन्दा ठूलै जान्नेबुझ्ने मानिसले कुरा गरे झँै लाग्छ । किमो गरिएको हुनाले उनलाई विशेष स्याहारको आवश्यकता हुनाले उनको परिवारले दुई परिचारिका राखी घरैमै सुविधासम्पन्न क्याविनको व्यवस्था गरेको थियो, जहाँ खुसी विभिन्न प्रेरणादायी पुस्तक पढ्ने, चित्र कोर्ने, गीत गाउने र नाचेर आफूलाई व्यस्त राख्थिन् । 

ट्रष्टले खुसीको जन्मदिन पारेर एक जना क्यान्सरपीडितलाई सो रकम सहयोग गर्ने लक्ष्य लिएको छ । ट्रष्टको पहिलो दिन खुसीले कान्ति बाल अस्पतालमा उपचार गराइरहेका २६ जना बालबालिकालाई रु एक हजार ४०२ नगदसहित फलफूल र मिठाइ बाँड्दै क्यान्सर भयो भनेर हरेस नखान र हिम्मतले अगाडि बढ्न बिरामी र उनका परिवारलाई सुझाव दिइन् । 

उनका बुबा राजेश पुरीले भने – “गत वर्ष चैत महिना ज्वरो आउने र टन्सिल पाकेर समस्या भएपछि उहाँका आमाबुबाले अस्पताल लग्दासम्म पनि मैले के कारणले यस्तो भएको भन्ने हो भन्ने भेउ पाइनँ । कान्ति बाल अस्पतालका चिकित्सकले चार, पाँच दिनको एन्टिवायोटिक औषधि दिएका थिए । औषधि खाँदासम्म निको भए पनि पछि तुरुन्तै पुनः त्यस्तै समस्या देखियो ।” 

छोरीलाई निको नभएपछि पुनः रगत परीक्षण गर्दा प्रतिवेदनमा इम्माच्योर सेल देखिएपछि रक्त क्यान्सर भएको पुष्टि भयो र थप उपचारका लागि दिल्ली पु¥याइएको थियो । 

एक हप्ताजति दिल्लीको म्याक्स अस्पतालमा उपचार गराएपछि चिकित्सकले किमो दिनुपर्ने बताए र त्यसको खर्च करिब रु ३० देखि ३५ लाख लाग्ने बताए । 

त्यसपछि उहाँले छोरीको इच्छाअनुसार नेपालमै किमो लिने र बाँकी उपचार गर्ने भनेपछि नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टरमा राखी पाँच पटकसम्म किमो दिइएको थियो । 

त्यसका लागि लाग्ने खर्च मध्यमस्तरको नेपालीका लागि सामान्य कुरा थिएन । बोनम्यारो प्रत्यारोपण गर्न करिब रु दुई करोडभन्दा बढी लाग्ने चिकित्सको भनाइ छ । 

पुरी छोरीको आत्मविश्वासले आफूहरुलाई पनि हिम्मत मिलेको बताउँछन् । उनले भने – “उनी बिरामी हुँदा पनि सक्रिय रहने र मुस्कुराइरहने हुनाले हामीलाई पनि छोरीलाई लागेको रोग निको हुन्छ भन्ने विश्वास गर्न सजिलो भयो ।” 

उनलाई अमेरिकामा उनकी नौ वर्षीया बहिनी विभूतिले बोनम्यारो दिनेछिन् । खुसीले अमेरिकामा १८ महिना उपचार गरी नेपाल फर्किएपछि आफूजस्तै क्यान्सरपीडित बालबालिकाका लागि काम गर्ने इच्छा रहेको बताइन् । “आएपछि मेरो छुटेको पढाइ पनि सुरु गर्नुछ” – उनले भनिन् । 

एक शिक्षित परिवारमा भएकाले खुसीले समयमै उपचार प्राप्त गर्ने अवसर प्राप्त गरिन् तर नेपालमा सानै उमेरमा क्यान्सर भएर उपचार नपाएका धेरै बालबालिका छन् । सरकारले नेपालको कान्ति बाल अस्पतालमा क्यान्सर भएका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था पनि गरेको छ । तर सबैले खुसीले पाए जस्तो अवसर भने पाउँदैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने