2026-07-07 09:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिबाह गरेर ल्याएको ३ दिन मै १८ बर्षीया युवती गर्भवती भएको थाहा पाएपछी…

2016-11-07

रामेछाप जिल्ला बेथान– ३ की १८ बर्षीया सपना खड्काको गत फागुन २६ गते दिमिपोखरी ९ मैरेका माइला केसीसँग धुमधामको साथ बाजा बजाएर विवाह भयो । विवाहमा झण्डै दुई सय भन्दा बढी जन्ती थिए । वैदेशिक रोगजारीबाट फर्किएका केसीले बेहुलीको लागि भनेजस्तै गरी गरगहना पनि लगेका थिए ।

विवाह गरेर भित्र्याएपछि स्वभाविक रुपमा श्रीमान र श्रीमति भएपछि एक आपसमा मनका कुरा साट्ने गर्छन । तर बेहुली आफ्नो श्रीमानसँग बोल्न त परै जाओस नजिक हुन पनि चाहिनन् । तीन दिन सामान्य कुरा पनि भईकन वित्यो । संस्कार अनुसार तीनदिन दिनमा दुलहन फर्काउनको लागि ससुराली गए । 

सँगै घर लिएर आउनु पर्ने श्रीमतीलाई उनले घरमै छोडेर आए । ससुरालीमा सासु ससुराले छोरी विरामी छ छोडेर जानु भनेपछि केसी एक्लै घर फर्किए । १६ दिनमा पुनः दुलहन फर्काउनको लागि ससुरा बुहारी लिन आए । तर माइती पक्षले ज्वाइँलाई पठाउन आग्रह गरेपछि श्रीमती लिन माइला नै बेथान आए ।

उनले श्रीमतीलाई हेर निकै उदास देखे । सोचे, विरामी भएर होला । नभन्दै सासु ससुराले केसीलाई छोरी विरामी छ किटनीको अप्रेसन गरेर ल्याएको राम्रोसँग ख्याल गर्नुहोला ? उनी कडकिए, किन तपाईहरुले गरेको मै गरी हाल्थे नि फेरी मलाई खबर पनि गर्नुभएन ? उनले केही गडबढ भएको अनुमान गरेपनि श्रीमतिलाई आफ्नो घर मैरे लिएर गए । विवाह गरेपछि श्रीमान र श्रीमतीको बीचमा भविष्यको योजना बनाउने विषयमा कुरा हुन्छ ।

केसीले कुरा गर्दा पनि खडकाले कुनै जवाफ नै फर्काइनन् । उनले सोचेछन, नयाँ भएर लाज मानेको होला । घर लगेको रात पनि श्रमती उनीसँगसँग बस्न मानिनन् । खडकाले के भयो भनेर सोध्दा उनले आफू रजस्वला भएको बताइछिन् । केही दिन यसरी नै वित्यो । तर श्रीमानलाई उनी रजश्वाले विरामी भएकामा शंका लाग्न थाल्यो ।

श्रीमान माइला केसीले भने, धेरै सम्झाए धेरै बुझाए तर केही बोल्न मानिनन्, नबोलेपछि दुई तीन झाप्पु लगाएपछि आफूले गर्भ फालेर आएको स्वीकार गरिन ।’ किन विवाह गर्नुभन्दा अगाडि यस्तो कुरा नभनेको त भनेर प्रश्न गर्दा उनले बुबा आमाले जबरजस्ती विवाद गरेको बताइन्, उनले भने । 

जब श्रीमतीले आफनै दाईसँगको यौन सम्पर्कबाट गर्भ रहन गएको समेत खुलासा गरिन् । त्यसपछि मलाई उनको अनुहार पनि हेर्न मन लागेन केसीले भने,‘घर सल्लाह गरेर त्यही रात माइत पुर्याइदिएँ ।’

गाउँलेद्वारा गाउँ निकाला गर्ने निर्णय

हाडनाता करणी अन्तर्गत गर्भ रहन गएको थाहा पाएपछि गाउँहरुको भेलाले सपना खडका र राधेश्याम खड्कालाई गाउँ निकाला गर्ने निर्णय गरेका छन् । सपना खडका र राधेश्याम खडका नातामा आफ्नै दाजुभाईका छोराछोरी (दाजु र बहिनी) हुन् ।

यस्ता गतिविधिले गाउँमा विसंगती बढ्ने भन्दै आगामी दिनमा विकृति र विसंगती रोक्नको लागि गाउँ निकाला गर्ने निर्णय गरिएको स्थानीय प्रदिप खडकाले बताए । उनले भने,‘गाउँमा विकृति बढ्दै गएको छ त्यसलाई रोक्नको लागि यो घटनाबाट पाठ सिक्नुपर्छ ।’ 

आफ्नै दाजु बहिनीबीच अवैध सम्बन्ध रहनु र विवाह गरेर पठाएपछि अवैध रुपमा गर्भपतन गराउनु अपराध नै हो, उनीहरुले गर्दा घरपरिवारको सदस्यहरु समेत गाउँमा बदनाम भएको छ’,उनले भने । अझ रोचक त के छ भने, राधेश्याम खडकाको गत फागुन २६ गते गुन्सीभदौरेस्थित हिल्केटारमा मागि विवाह भएको थियो । उनकी श्रीमति हाल गर्भवती रहेकी छिन् ।

चार जनालाई कारवाहीको माग

विवाह गरेको वीस दिनमै गर्भवती भएको थाहा पाएपछि घर पक्षले फिर्ता गरेपछि यो घटनालाई गुपचुप बनाउको लागि बेथानका आफूलाई बुद्धिजीविहरुले पैसा खाएर घटनालाई अन्त्य गर्न चाहेका थिए । तर एक कान दुई कान मैदान भनेझै घटना विस्तारै बाहिर आयो । गाउँलेले वीस दिनमै फिर्ता गर्नुपर्ने कारण खोज्दै इलाका प्रहरी कार्यालय बेथानमा झण्डै दुई सय जनाले हस्ताक्षर गरेर निवेदन दिए । 

केटा माइला केसी र उनका बुबा हरि बहादुर केसी र बेथानका धुव्र खडका, इन्द्र खड्का,अर्जुन खत्री र बेहुकीका काका कविन्द्र खडकाल बसेर एक लाख साठिठ हजारमा मुद्दा मिलाएका थिए । सहमति अनुसार केटा पक्षलाई ६० हजार रुपैयाँ दिने र केटीलाई अर्को केटा खोजेर विवाह गर्नको लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो ।

एक लाख ६० हजार रुपैयाँ राधेश्यामका बुबा नेत्रबहादुर खडकासँग असुलिएको थियो । समाजमा विकृति र विसंगतीमा संलग्नलाई कारवाही गर्नुको सट्टा पैसा लिएर गुपचुप गराउन लागेको भन्दै चौकीमा मुद्दा दाहेर गरेका थिए । 

गाउँहरुको भेलाले चार जनाको विरुद्ध मुद्दा हालेको इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक रमेश थापाले बताए । उनले भने,‘निवेदन परेको छ, छलफल गरेर निकास निकाल्नको लागि गृह कार्य भइरहेको छ ।’ स्रोत: लालीगुराँस अनलाइन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने