२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

उदाउँदो सूर्यलाई अर्घ दिई छठ सम्पन्न

२०७३, २२ कार्तिक सोमबार १२:११

कात्तिक २२, पोखरा । उदाउँदो सूर्यलाई अर्घ दिई यस वर्षको छठ पर्व पोखरामा सकिएको छ । 

व्रतालु भक्तजनले आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई रातभर नदीनालाका किनारमा भजन किर्तन गरी रमाइलो गरेका थिए । 

पोखराको केदारेश्वर मन्दिरस्थित फेवाताल, नारायणथानस्थित सेतीनदी र कालीखोलाको सङ्गमस्थलमा गरी तीन ठाउँमा छठ पर्व मनाइएको थियो । 

विशेषगरी तराईमूल र पहाडी जातीका मानिसले पनि ती ठाउँमा छठ पर्व मनाएको बताइएको छ । पछिल्ला वर्षमा तराई समुदायका व्यक्ति मात्र नभएर पोखरा र यस आसपासमा बसोबास गर्ने अन्य जातीका व्यक्तिले पनि छठ मनाउन थालेका छन् । 

चतुर्थीको दिनदेखि सुरु भएको छठ पर्वमा षष्ठीको दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिने गर्दछ ।

व्रत बस्ने व्यक्तिले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर पकाई प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने प्रचलन रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार