१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा सात स्थानीय तहको प्रस्ताव

२२ कार्तिक २०७३, सोमबार १४:०९

 कात्तिक २२, जाजरकोट । राज्य पुनःसंरचनाका लागि तीन नगरपालिका र चार गाउँपालिकासहित सात स्थानीय तहको प्रस्ताव गरिएको छ । 

प्राविधिक समिति र स्थानीय राजनीतिक दलहरुको आज बसेको संयुक्त बैठकले सर्वसम्मतिमा स्थानीय निकायको सङ्ख्या सीमा र नामको टुङ्गो लगाएको स्थानीय विकास अधिकारी इन्द्र गौतमले बताउनुभयो । 

स्थानीय प्राविधिक समितिका संयोजक गौतमको अध्यक्षतामा बसेको बैठकले पूर्वमा पाँच गाविस समावेश गरेर नलसिंहगाड नगरपालिका, सदरमुकाम खलङ्गा रहेको साबिकको भेरीमालिका नगरपालिकाको नाम परिवर्तन गरी भेरी नगरपालिका र पश्चिममा छ गाविस समावेश गरी छेडागाड नगरपालिकाको सिफारिस गरेको छ । 

त्यस्तै चार गाउँपालिकामा बारेकोट, कुसे, कचाली र जुनीचाँदे वा भैरीचाँदे गाउँपालिकाको नाम विशेष गाउँपालिकाका रुपमा सिफारिस गरिएको छ । संयोजक गौतमका अनुसार भेरी नगरपालिकाको केन्द्र खलङ्गा, नलगाड नगरपालिकाको केन्द्र दल्ली र छेडागाड नगरपालिकाको मनघाट केन्द्र तोकिएको छ । 

त्यस्तै बारेकोट विशेष गाउँपालिकाको लिम्सा, कुसे विशेष गाउँपालिकाको धारापानी वा वाटुल्ले, शिवालय विशेष गाउँपालिकाको सेवाला र जुनीचाँदे विशेष गाउँपालिकाको केन्द्र लुहादह वा सानाखोलामा रहने वैकल्पिक व्यवस्थासहित सिफारिस गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव