८ बैशाख २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन

२३ कार्तिक २०७३, मंगलवार ०२:३२

आदित्य दाहाल, कात्तिक २३, मेलम्ची । विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्दा पनि सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकमा अझै पनि पुनःनिर्माणले गति पाउन सकेको छैन । 

नेपाल सरकारले भूकम्पपीडितका लागि भनेर दिएकोे पहिलो किस्ताको रु ५० हजार समेत स्थायी आवास पुनःनिर्माणमा प्रयोग नभएकाले पुनःनिर्माणको कार्यले गति पाउन नसकेको हो । 

अनुदान सम्झौतालगत्तै भूकम्पपीडितका लागि पाएक पर्ने बैंकबाट अनुदान वितरण गरिएको थियो । दसैँको मुखमै अनुदानको रकम वितरण गरेकाले पनि पीडितले अनुदानको लागि पाएको पैसाले दसैँ खर्च चलाउनाले तथा उक्त रकम पुनःनिर्माण प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेका कारणले पनि पुनःनिर्माण अन्योलमा परेको शेर्माथाङका कर्मतोप्के लामा ह्योल्मोले बताउनुभयो । 

यसरी पुनःनिर्माणको लागि दिएको अनुदान दुरुपयोग भएका कारण जिल्लाभरिका अधिकांश गाविसमा पुनःनिर्माण हुन सकेको छैन । कतिपयले अनुदानको पहिरो रकम लिएर शौचालय समेत बनाउने गरेको पाइएको छ । 

भूकम्पले घर, शौचालय दुवै भत्काएपछि जलवीरेका कृष्णबहादुर खड्का शौचालय निर्माणमा आफैँ लागि परे । उनले भने, “बास बस्न पालको छानो छ तर हामीले शौचालय बनाउन महत्वपूर्ण ठान्यौँ ।” 

अहिले सबैको घरमा चर्पी निर्माण भइसकेको छ । अनुदानको रकम सबैभन्दा बढी शौचालय बनाउनमा प्रयोग भएको देखिन्छ । भूकम्पअघि नै खुला दिसामुक्त गाविस घोषणा भइसकेकाले शौचालय निर्माणलाई पहिलो प्राथमिकता दिएको स्थानीय बताउँछन् । 

यसरी अनुदानको रकम अन्यत्र प्रयोग भएपछि अनुदानको पहिलो किस्ताले निर्माण गर्नुपर्ने स्थायी आवासको पहिलो चरणको जग खन्ने कार्य समेत सुरु नहुँदा सरकारले मापदण्डअनुरुप कार्य नभए दोस्रो किस्ताको रकम समेत उपलब्ध गराउँदैन । यसका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवास निर्माण गरेमात्र दोस्रो किस्ता वितरण गर्ने प्रावधान छ । 

जिल्लाको हिमाली गाविस हेलम्बु, गुन्सा, किउल, भोताङ, सेलाङलगायतका क्षेत्रमा समेत पुनःनिर्माणको अवस्था चिन्ताजनक छ । 

हेलम्बुका गाविस सचिव नारायण पौडेल भन्नुहुन्छ– “सात सय ८२ को सम्झौताका लागि पठाएको मध्ये नाम नमिलेर सात जनाको फिर्ता आएको र अन्यले रकम लिइसकेका छन् । दसँै अघिनै रकम लिएको भए पनि केहीले बाहेक अधिकांशले पुनःनिर्माण गरेका छैनन् । हिउँदको समयमा अब निर्माण हुने पनि पौडेलले बताउनुभयो । 

त्यस्तै, गुन्सा गाविसका काले गोले भन्नुहुन्छ– “अनुदानको रकम दुरुपयोग भएको छ ।” पुनःनिर्माणका लागि दसैँको समयमा दिएकाले पनि बढी दुरुपयोग भएको उहाँको धारणा छ । पुनःनिर्माण हुन नसक्नु अर्को कारण पनि बताउँदै गोलेले सरकारले बाटोको मापदण्डको कुरा ल्याएको कारणले पनि अन्योल भएको बताउनुभयो । अर्को कुरा इन्जिनियरको पर्खाइको कारणले पनि पुनःनिर्माणले गति लिन नसकेको उहाँको धारणा छ । 

आफैँ बनाउँदा नमिल्ला मापदण्डअनुरुप नहोला भनेर पनि स्थायी आवास निर्माण गर्न नसकेको स्थानीयको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चीनको स्मार्ट ब्याट्री विकासः अब विद्युतीय गाडी बढी दिगो र भरपर्दो हुने पहिलो १०० दिनमा ट्रम्प : युक्रेनलाई एक्ल्याउने र रुसलाई प्रोत्साहित गर्ने पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो: पूर्वराष्ट्रपति डा यादव शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री भट्टराईले राजीनामा दिइन् सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता नेवाः राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा स्थापित कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु उद्योगमा कोभिडको असर कायमै मादी नदी लिफ्ट खानेपानी योजना अधुरै गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण भालुको आक्रमणबाट महिला घाइते मुख्यमन्त्री कँडेलद्वारा निर्माण व्यवसायीसँग छलफल अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ : ऊर्जामन्त्री खड्का रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता यथाशीघ्र सङ्घीय निजामती ऐन ल्याउन माग नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट दुर्गा प्रसाईंको खातामा शंकास्पद कारोबार, सीआईबीले थाल्यो अनुसन्धान प्रधानमन्त्रीले शिक्षकलाई वार्तामार्फत सहमति गरेर आन्दोलन समाप्त गर्न अनुरोध गरे रूपन्देहीको दानव नदीमा तीन बालक बेपत्ता