२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिन्धुपाल्चोकमा अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन

२०७३, २३ कार्तिक मंगलवार ०२:३२

आदित्य दाहाल, कात्तिक २३, मेलम्ची । विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्दा पनि सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकमा अझै पनि पुनःनिर्माणले गति पाउन सकेको छैन । 

नेपाल सरकारले भूकम्पपीडितका लागि भनेर दिएकोे पहिलो किस्ताको रु ५० हजार समेत स्थायी आवास पुनःनिर्माणमा प्रयोग नभएकाले पुनःनिर्माणको कार्यले गति पाउन नसकेको हो । 

अनुदान सम्झौतालगत्तै भूकम्पपीडितका लागि पाएक पर्ने बैंकबाट अनुदान वितरण गरिएको थियो । दसैँको मुखमै अनुदानको रकम वितरण गरेकाले पनि पीडितले अनुदानको लागि पाएको पैसाले दसैँ खर्च चलाउनाले तथा उक्त रकम पुनःनिर्माण प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेका कारणले पनि पुनःनिर्माण अन्योलमा परेको शेर्माथाङका कर्मतोप्के लामा ह्योल्मोले बताउनुभयो । 

यसरी पुनःनिर्माणको लागि दिएको अनुदान दुरुपयोग भएका कारण जिल्लाभरिका अधिकांश गाविसमा पुनःनिर्माण हुन सकेको छैन । कतिपयले अनुदानको पहिरो रकम लिएर शौचालय समेत बनाउने गरेको पाइएको छ । 

भूकम्पले घर, शौचालय दुवै भत्काएपछि जलवीरेका कृष्णबहादुर खड्का शौचालय निर्माणमा आफैँ लागि परे । उनले भने, “बास बस्न पालको छानो छ तर हामीले शौचालय बनाउन महत्वपूर्ण ठान्यौँ ।” 

अहिले सबैको घरमा चर्पी निर्माण भइसकेको छ । अनुदानको रकम सबैभन्दा बढी शौचालय बनाउनमा प्रयोग भएको देखिन्छ । भूकम्पअघि नै खुला दिसामुक्त गाविस घोषणा भइसकेकाले शौचालय निर्माणलाई पहिलो प्राथमिकता दिएको स्थानीय बताउँछन् । 

यसरी अनुदानको रकम अन्यत्र प्रयोग भएपछि अनुदानको पहिलो किस्ताले निर्माण गर्नुपर्ने स्थायी आवासको पहिलो चरणको जग खन्ने कार्य समेत सुरु नहुँदा सरकारले मापदण्डअनुरुप कार्य नभए दोस्रो किस्ताको रकम समेत उपलब्ध गराउँदैन । यसका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवास निर्माण गरेमात्र दोस्रो किस्ता वितरण गर्ने प्रावधान छ । 

जिल्लाको हिमाली गाविस हेलम्बु, गुन्सा, किउल, भोताङ, सेलाङलगायतका क्षेत्रमा समेत पुनःनिर्माणको अवस्था चिन्ताजनक छ । 

हेलम्बुका गाविस सचिव नारायण पौडेल भन्नुहुन्छ– “सात सय ८२ को सम्झौताका लागि पठाएको मध्ये नाम नमिलेर सात जनाको फिर्ता आएको र अन्यले रकम लिइसकेका छन् । दसँै अघिनै रकम लिएको भए पनि केहीले बाहेक अधिकांशले पुनःनिर्माण गरेका छैनन् । हिउँदको समयमा अब निर्माण हुने पनि पौडेलले बताउनुभयो । 

त्यस्तै, गुन्सा गाविसका काले गोले भन्नुहुन्छ– “अनुदानको रकम दुरुपयोग भएको छ ।” पुनःनिर्माणका लागि दसैँको समयमा दिएकाले पनि बढी दुरुपयोग भएको उहाँको धारणा छ । पुनःनिर्माण हुन नसक्नु अर्को कारण पनि बताउँदै गोलेले सरकारले बाटोको मापदण्डको कुरा ल्याएको कारणले पनि अन्योल भएको बताउनुभयो । अर्को कुरा इन्जिनियरको पर्खाइको कारणले पनि पुनःनिर्माणले गति लिन नसकेको उहाँको धारणा छ । 

आफैँ बनाउँदा नमिल्ला मापदण्डअनुरुप नहोला भनेर पनि स्थायी आवास निर्माण गर्न नसकेको स्थानीयको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते