१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

दसैँतिहारपछि सुदूर पहाडमा जात्राको रौनक

२३ कार्तिक २०७३, मंगलवार ०२:४२

कात्तिक २३, बैतडी । हिन्दू नेपालीको महान् चाड दसैँ तथा तिहार सकिएलगत्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने विभिन्न मन्दिरमा जात्रा तथा मेलाको समय सुरु भएसँगै रौनकता छाएको छ । 

परम्परागतरुपमा देवीदेवताका मन्दिरमा कार्तिक शुक्ल पक्षमा पूजाआजा हुने गरेको स्थानीयले बताएका छन् । बैतडीको त्रिपुरासुन्दरी भवगती मन्दिरमा सोमबार र मङ्गलवार मेला लाग्ने भएको छ । मेलामा राँगा र बोकाको बलि दिइने गरिन्छ । स्थानीय भाषामा रणशैनी नामले प्रसिद्ध सो मन्दिरको दर्शन गर्नकालागि सुदूरपश्चिमका साथै सीमावर्ती भारतको झुलाघाट, पिथौरागढलगायतका ठाउँबाट पनि भक्तजन आउने गर्दछन् । यस्तै, मेलौली भगवती मन्दिर र रौलेश्वरमा रहेको भवानी मन्दिरमा पनि बलिसहित पूजाआजा गर्ने चलन रहिआएको बताइएको छ । 

जिल्लाका रौलाकेदार, महारुद्र मन्दिर, श्रीकोटमा रहेको भिटाकेदार मन्दिर, सुरपाल मन्दिरलगायतका ठाउँमा कार्तिक शुक्ल पक्षमा पूजाआजा तथा जात्रा हुने गरेको छ । कार्तिक शुक्ल अष्टमीका दिन धेरै मन्दिरमा पूजाआजा तथा जात्रा हुने गरेको छ भने धेरैजसो मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन पूजाआजा हुने गरेको छ । 

यस्तै, दार्चुलाको प्रसिद्ध मालिकार्जुन धाममा समेत कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा तथा मेला लाग्ने गर्दछ । दार्चुलाकै लटिनाथ मन्दिर, बन्तोली, देवथली, जैपुर, बल्लेख, पाती र लेकगाउँलगायतका ठाउँमा मेला तथा जात्रा लाग्ने स्थानीय पङ्कज धामीले जानकारी दिनुभयो । 

डडेल्धुरामा रहको उग्रतारा मन्दिर, कैलपाल मन्दिर, बझाङ र बाजुरामा घोडेजात्रा, डोटीमा रहेको दुर्गामन्दिर, अछामको जामा केदार, मुजाबगरमा पनि मेला लाग्ने गर्दछ । 

देशका अन्य भागका साथै यो क्षेत्रमा नवरात्रिका बेला मन्दिरमा पूजाआजा हुने भएपनि कार्तिक शुक्ल पक्षमा समेत धेरै जात्रा तथा मेला हुने गरेका छन् । स्थानीय भाषामा गुटे नवरात्र भनेर कार्तिक शुक्ल पक्षलाई लिइने गरिएको पण्डित दयाकृष्ण पन्तले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव