२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ नगरका लागि डेलिकेशन

२०७३, २३ कार्तिक मंगलवार ०३:४३

कृष्ण कँडेल, कात्तिक २३, बागलुङ । बुर्तिबाङ केन्द्र हुने स्थानिय नियकायलाई नगरपालिका बनाउन दवाव दिन राजनैतिलक दलको सर्वदिय टोली आज बागलुङ गरएको छ । जिल्ला प्रविधिक समितिले पछिल्लो पटक गाउँपालिका प्रश्ताव गरेका बुर्तिबाङ, राजकुत, अधिकारीचौर, बोबाङ, भिमगिठे र दर्लिङलाई नै नगरपालिका बनाउन दवाव दिईने नेताहरुले बताएका छन् । जनसंख्या पनि पुग्ने भएकाले कुनैपनि हालतमा नगरपालिका बनाउनुपन भन्दै दलहरुले माग वेवास्ता गरेर गाउँपालिका नै बनाईए कडा अन्दोलनमा जाने चेतावनी दिएका छन् ।  

यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथ व्यपारिक केन्द्र किन नगरपालिका बन्न सक्दैन ? नेताहरुले प्रश्न गरेका छन् । ३ लाख जनसंख्यालाई वस्ती बसाउने गरि मध्यपहाडी लोकमार्गमा बन्ने नमुना शहर अन्तरगत ५० रोपनी जग्गा खरिद गरि काम सुरु भएको छ । प्रश्तावित जिल्ला अस्पताल, क्याम्पस, ६ ओटा बैङ्क, कवर्डहल, मध्यपहाडीलोकमार्ग, प्रश्तावित उत्तरगंगा जलासययुक्त जलविद्यूत अयोजना लगायतक पुर्वाधार भएकाले नगरपालिका बन्न कुनै समस्या नरहेको स्थानियको भनाई छ । 

बुर्तिबाङका राजनैतिक दल नेपाली काँग्रश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्टिय जनमोर्चाका प्रतिनिधि सहितको टोली डेलिकेशन गएको हो । 

टोलिले आजै जिल्ला प्रविधिक समितिका संयोजक स्थानिय विकास अधिकारी तथा जिल्लाका राजनैतिक नेतृत्वसँग भेटि आफ्नो माग राख्ने नेपाली काँग्रश बुर्तिबाङका सभापती सालिकराम शर्माले जानकारी दिनुभयो । 

टोलीमा काँग्रशबाट सभापती शर्मा, एकालेबाट केसर छन्त्याल, माओवादी केन्द्रबाट चित्र भण्डारी र राजमोबाट जिल्ला सचिव धर्मकुँवर रहनुभएको छ । 

यस अघि शनिवार बुर्तिबाङमा भएको सर्वदलिय बैठकले पनि यि ६ गाविसलाई नै समेटेर नगरपालिका बनाउने सर्वसम्मत निर्णय गरेको थियो । जुनसुकै हातमा नगरपालिका बनाउने भन्दै दलहरु डेलिकेशन गएका हुन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार