२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा एक करोडमा निर्मित विद्यालय उद्घाटन

२०७३, २३ कार्तिक मंगलवार ०५:३७

 कात्तिक २३, नुवाकोट । एक विदेशी नागरिकले रु एक करोडभन्दा बढी व्यक्तिगत सहयोगमा नुवाकोटको सुन्दरादेवीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन् । 

सुन्दरादेवी–८ काहुलेमा रहेको पञ्चकन्या निमाविको लागि निर्माण भएको उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सोमबार उद्घाटन गर्नुभएको हो । 

अस्ट्रेलियाली नागरिक जोन रोबर्ट ग्लेनको व्यक्तिगत सहयोगमा रु एक करोड छ लाखको लागतमा विद्यालयमा सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी १२ कोठे भवन निर्माण भएको हो । 

विद्यालयको जीर्ण पुरानो भवन भूकम्पले भत्किएपछि टहरामा पढाइ सञ्चालन हुँदै आएको विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएपछि अभिभावकसमेत दङ्ग भएका भवनको स्थानीय निर्माण संयोजक सन्तमान तामाङले जानकारी दिनुभयो । 

भवन उद्घाटनमा बोल्दै काँग्रेस नेता डा महतले विदेशी मित्रले आफ्नो पसिनाबाट आर्जेको रकम समुदायको हितको लागि लगानी गर्नु भएकाले स्थानीयले यसको सदुपयोग र संरक्षण दुवै गर्नुपर्ने बताउनुभयो । 

नेता डा महतले स्थानीय निकायको पुनःसंरचनाको ढिलाइको कारण स्थानीय निकायको निर्वाचनमा समेत प्रभाव परेकोले पुनःसंरचनाको काम छिटो गरी निर्वाचन गर्नुपर्ने बताउनुभयो । 

उहाँले स्थानीय निकायमा निर्वाचित पदाधिकारी नहुँदा विकास निर्माणमा प्रभाव परेकाले स्थानीय निकायको पुनःसंरचनामा ढिलाइ भएमा अहिलेकै स्थानीय निकायलाई आधार मानेर भए पनि तत्काल निर्वाचन गर्न समेत सुझाव दिनुभयो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले सुन्दरादेवीको बाघमारा क्षेत्र पर्यटकीय क्षेत्र भएकाले सातबिसे बाघमारा सडकको स्तरोन्नतिको काम तीव्ररुपमा गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विद्यालय निर्माण गर्न रकम दान गर्ने अस्ट्रेलियाली नागरिक ग्लेनलाई अभिनन्दन समेत गरिएको थियो । ग्लेनले आफूले दिएको रकमबाट राम्रो भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य रमेश महत, सुन्दरा उच्च माविका प्राचार्य अमरबहादुर श्रेष्ठ, दुप्चेश्वर उच्च माविका शिक्षक बलराम आचार्य, सुन्दरादेवी निमाविमा प्रधानाध्यापक राजन पाठकलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते