१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्की जिल्ला अदालतमा झन्झट मुक्त सेवा सुरु

११ भाद्र २०७२, शुक्रबार ०३:४९

भदौ ११,  पोखरा । कास्की जिल्ला अदालतले छिटोछरितो र झन्झटमुक्त सेवा सुरु
गरेको छ ।  ‘छिटो छरितो सेवाः हाम्रो प्रतिवद्धता’ नाराका साथ कास्की जिल्ला अदालतले सेवाग्राहिका लागि
झन्झटमुक्त सेवा सुरु गरेको हो ।

अदालतले नक्कल दिने, पेसी÷तारेख
तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा सकारनामा सम्बन्धि कार्य, मिलापत्र, पुनरावेदन फिर्ता,
तामेली लगायतको निवेदन दर्ता गर्ने, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेश गर्ने, जुनसुकै फुटकर निवेदन
दर्ता वा दरपिठ गर्ने, पेसी तारेख लगायत मुद्दाको कारवाही सम्बन्धि जानकारी सूचना लिनेदिने लगायतका काम
एक घण्टा भित्र उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ ।

छिटोछरितो झन्झटमुक्त सेवाको
सुरुवातले अदालतप्रति जनविश्वास बढ्ने र सेवाग्राहीले सहजता महशुस गर्ने कास्की जिल्ला अदालतका
स्रेस्तेदार दिनबन्धु बरालको विश्वास छ । अदालतमा रहेको सूचना कक्षलाई प्रभावकारी बनाउदै अदालत परिसरमा
अलमलमा परेका सेवाग्राहीलाई सम्बन्धित फाँटमा र शाखामा पु¥याउने  व्यवस्था समेत मिलाइएको स्रेस्तेदार
बरालले बताएका छन् । यो सेवाको प्रभावकारिताका सम्बन्धमा प्रत्यक महिना प्रतिवेदन तयार गरेर
प्रधानन्यायाधीशको सचिवालमा पठाइने उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार