२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नौ सामुदायिक स्वास्थ्य इकाई

२४ कार्तिक २०७३, बुधबार ०४:०२

कात्तिक २४, बागलुङ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लाका नौवटा गाविसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम गाविस लक्ष्यित छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्यचौकीको पहुँच बाहिर रहेका सर्वसाधारणलाई इकाईले राहत दिलाएको छ । 

पायकमा स्वास्थ्यचौकी नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । “गाविसमा भएको स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखेर इकाई स्थापना गरेका छौँ,” प्रशासक श्रेष्ठले भन्नुभयो । 

हुग्दिशिर, दर्लिङ, निशी, पैँयूपाटा, जैदी, बोवाङको ढोरपाटनमा गत वर्षदेखि नै इकाई सञ्चालनमा आएका छन् । यो वर्ष ग्वालिचौर–८, खुङ्खानी–७ र अमरभूमिको भुस्कातमा इकाई स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रशासक श्रेष्ठका अनुसार सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्यचौकीको सानो रुप हो जहाँ एक अहेव र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहन्छन् । 

स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा इकाईबाट प्रदान गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष जिल्लाको आवश्यकता हेरी सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । थप गाविसबाट पनि इकाई स्थापनाका लागि माग भइआएको प्रशासक श्रेष्ठले बताउनुभयो । “विगत तीन वर्षदेखि जिल्लामा प्रतिवर्ष तीनवटा इकाईका लागि सरकारले स्वीकृत प्रदान गरेको छ,” प्रशासक श्रेष्ठले भन्नुभयो, “आवश्यकता भएका ठाउँमा इकाई स्थापना गर्न सकिन्छ, थप ठाउँमा इकाई ल्याउनका लागि हामीले पहल गरिरहेका छौँ ।” 

विकट भूगोल भएका र स्वास्थ्यचौकीसम्म सहज पहुँच नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ । खुङखानी–६ का वडा नागरिक मञ्चका संयोजक कुलबहादुर छन्त्यालले इकाई स्थापना भएपछि सर्वसाधारण हर्षित भएको प्रतिक्रिया दिनुभयो । खुङ्खानी–७, ८ र ९ का बासिन्दाले प्रत्यक्ष रुपमा इकाईबाट सेवा लिइरहेको उहाँको भनाइ छ । स्थानीयवासीकै सक्रियतामा सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता गेस्टहाउसमा लगी १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा सिन्धुलीबाट एक युवक पक्राउ मधेसविरुद्ध कुशल भुर्तेलको प्रदर्शनप्रेरित पुलिस एक इनिङ र ३५ रनले विजयी अख्तियारमै घुस बोकेर पुगेका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर रास्वपाका शीर्ष नेता कास्कीमा रविविरुद्धको मुद्दा: रविविरुद्धको मुद्दा: आदेश लेख्दै न्यायाधीश, बाहिर सुरक्षा व्यवस्था कडा विश्वको शक्तिशाली पासपोर्टको सूची सार्वजनिक: सिगापुर विश्वमै शक्तिशाली, नेपाल कति औं स्थानमा? (सुचिसहित) मोरङमा द्वन्द्वकालकै समयमा लुकाइएको ४ वटा सिलिण्डर बम फेला