१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा स्थानीय तहबारे अझै सहमति जुटेन

२४ कार्तिक २०७३, बुधबार ०४:४२

कात्तिक २४, बुटवल । रुपन्देही जिल्लामा दलीय सहमति जुट्न नसक्दा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति निर्णयमा पुग्न सकेको छैन । 

स्थानीय तह पुनःसंरचना आयोगले सबै जिल्लालाई २० गतेभित्र स्थानीय तह पुनःसंरचनाको टुङ्गो लगाई प्रतिवेदन बुझाउन दिएको समयावधि सकिए पनि जिल्लामा दलीय सहमति जुट्न नसक्दा समयमा समितिले प्रतिवेदन बुझाउन नसकेको हो । हाल जिल्लामा एक उपमहानगरपालिका, पाँच नगरपालिका र ४८ वटा गाविस छन् । केन्द्रले १३ देखि १६ स्थानीय तहको ‘सिलिङ’ दिएको छ । तर स्थानीय विकास अधिकारी नेतृत्वको प्राविधिक समितिले त्यसमा सहमति जुटाउन सकेको छैन । 

प्राविधिक समितिका संयोजक एवम् रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले दलबीच सहमति नभएका कारण स्थानीय तह पुनःसंरचनाको प्रतिवेदन बुझाउन नसकेको बताउनुभयो । मधेस केन्द्रित दल सीमाङ्कन लगायतका मुद्दा लिएर आन्दोलनमा रहेकाले जिल्लामा प्राविधिक सहयोग समितिको कुनै पनि छलफल उनीहरु उपस्थित नहुँदा सहमति जुटाउन समस्या परेको हो । 

साथै, मधेस केन्द्रित दलहरु बाहेकका राजनीतिक दलबीच पनि स्थानीय तह पुनःसंरचनामा सहमति जुट्न नसक्दा निर्णय लिन समस्या भइरहेको उहाँको भनाइ छ । उहाँले दलीय सहमति जुटाउने प्रयास भइरहेको र छिट्टै केन्द्रमा प्रतिवेदन बुझाउन प्रयास भइरहेको जानकारी दिनुभयो । 

नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले रुपन्देही तराई र पहाडको भू–भाग भएको जिल्ला भएकाले भूगोल र जनसङ्ख्या दुवैलाई आधार बनाएर स्थानीय तहको पुनःसंरचना गरिनुपर्ने आफूहरुको धारणा रहेको बताउनुभयो । रुपन्देहीमा कम्तीमा २० वटा स्थानीय तह बनाउने प्रस्ताव आफूहरुको भएपनि केन्द्रले तोकेको १६ वटामा सहमति हुनसक्ने उहाँको भनाइ छ । 

नेकपा (एमाले) रुपन्देहीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले रुपन्देही जिल्लामा १४ वटा स्थानीय तह बनाउने आफूहरुको प्रस्ताव रहेको भएपनि केन्द्रको निर्देशन मुताबिक १६ तहसम्म जान सकिने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’