कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भ"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अझै भूकम्प पीडित झुपडीमै

२४ कार्तिक २०७३, बुधबार ०६:५१

कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भएपनि बास बनाए तर साथमा गाँठ र पहुँच नहुनेको भने पाल र घरको झुपडीमा बस्नु शिवाय अरु केहि छैन । सरकार राहत बाढ्दै छौ भन्छ भूकम्प पीडितलाई राहतस्वरुप पहिलो किस्ता बापत पैसा पनि वितरण गरेको सुनिन्छ तर पीडितको हातमा भने अझै रकम पुग्न सकेको छैन ।


जिल्लाको बालाकोट ४ कोल्डाडा का ६० बर्षिया हर्क बहादुर अधिकारिको व्यथा यतिबेला चाडो कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको छ । बुढाबुढी सहित पाँच जनाको परिवार बस्दै आएको घर भूकम्पले भत्काइदिएपछि उनीहरु छिमेकीको सहयोगमा गुजरा चलाउँदै आएको बताए । सरकारले राहत वितरण गरेको उनीहरुले पनि सुने शुरुमा १० हजार र दोस्र्रो किस्ता बापत १५ हजार पनि पाए तर सरकारले भूकम्प पीडितलाई घर बनाउनको लागि दिने भनेको रकम भने अझै उनीहरुले पाउन सकेका छैनन् ।


सहाराकर्मी याम परिवार उनको घरमा पुग्दा गहभरी आँसु बगाउदै अधिकारीले  भने “अब घरमा बस्नु त कुरै छोडौ हातमुख जोड्न पनि मुस्किल भएको छ“। ५ छोरा र ३ छोरीका आमाबाबु भएपनि उनका तीन छोराहरु रोजगारको शिलशिलामा भारतमानै परिवारसँग बस्दै आएका छन् भने २ छोरीको विवाह भैसकेको छ ।


काम गर्नसक्ने जति विदेशमा छन्, घरमा काम गर्न नसक्ने त्यसमाथि पाँच जनाको परिवार चलाउनको लागि उनलाई धौधौ भएको छ । भूकम्पले विचल्ली पारेको दुई बर्षसम्म पनि घर बनाउन नसकेपछि उनीहरु निराशमा छन् । भूकम्प पीडितको लागि आवास निर्माणमा ढिलासुस्ती गरेको प्रति निर्धन उत्थान बैंक पर्वतका प्रमुख सुर्य बस्नेतपनि दुखि छन् । सरकारले पीडितलासम्म सहज रुपमा रातह पुरानाको लागि गतिलो नीति निर्माण गर्न नसकेकोले पनि भूकम्प पीडितहरु अझै पनि पालको भरमा बस्न बाध्य भएको उनको तर्क छ ।
जिल्लामा विनासकारी भूकम्पबाट ४ हजारभन्दा बढी घरहरु पूर्णरुपले क्षती भएका छन् भने त्यसको दोब्बरको संख्यामा आंशिक रुपमा क्षती भएका घरहरु छन् ।
सरकारले स्थानीय विकास मन्त्रालयबाट पीडितका घरहरु बनाउनको लागि तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा