१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोटमा आफैँले रकम उठाएर एक्सरे किन्दै स्वास्थ्यकर्मी

२४ कार्तिक २०७३, बुधबार ०७:५०

कात्तिक २४, जाजरकोट । यहाँको इलाका स्तरको स्वास्थ्य केन्द्रमा सरकारले उपकरण नदिएको भन्दै स्वास्थ्यकर्मीले आफ्नो तलब हालेर उपकरण खरिद गर्ने अभियानमा जुटेका छन् । 

जिल्लाको खगेनकोट–१ दल्लीमा रहेको स्वास्थ्य केन्द्रका कर्मचारीले सरकारबाट एक्सरे, सौर्य प्रणाली नपाएपछि आफैँ रकम उठाएर खरिद गर्ने अभियानमा जुटेको बताएका हुन् । यहाँको पूर्वी क्षेत्रका नौ गाविसको केन्द्रबिन्दुका रुपमा रहेको दल्लीस्थित स्वास्थ्यचौकीमा लामो समयदेखि अक्सिजन दिने मेसिन चलाउने, नेबुलाइजर चलाउने मेसिन विद्युत् अभावका कारण थन्किएपछि रकम उठाएर सोलार र एक्सरे मेसिन खरिद गर्न अभियान थालिएको हो । 

स्वास्थ्य केन्द्रको आन्तरिक खातामा रु दुई लाखभन्दा बढी रकम रहेको र अन्य बाँकी रकम तलबबाट कटाएर मेसिन खरिद गरिने अहेव राजेश सिंहले बताउनुभयो । दैनिक ५० भन्दा बढी विभिन्न प्रकृतिका बिरामी आए पनि औषधिबाहेक अरु उपकरणबाट गरिने उपचार भएमा अन्यत्र पठाउनु परेको सिंहले बताउनुभयो । ल्याव चलाउन, अक्सिजन मेसिनलगायतका मेसिन चलाउनसमेत विद्युत्को अभाव हुँदा भएका सामान समेत प्रयोग गर्न नपाएको सिंहको भनाइ छ । 

नौ गाविसका बिरामी यहाँ जाँच गर्न आउने गर्दछन् । स्वास्थ्यकर्मीको सङ्ख्या पर्याप्त भए पनि उपकरण नहुँदा उपचारमा कठिनाइ रहेको सिंहले बताउनुभयो । एक्सरे गर्नकै लागि बिरामीलाई दुई दिनभन्दा बढी हिँडाएर रुकुमको चौरजहारीस्थित अस्पतालमा पठाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’