१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीखोला गाउँपालिका माग्दै ज्ञापन पत्र

२४ कार्तिक २०७३, बुधबार ११:२०

कृष्ण कँडेल, कात्तिक २४, बागलुङ । निसीखोला गाउँपालिकामा ईलाका नम्बर–१३ का ३ ओटा र राजकुतलाई मिलाएर गाउँपालिका बनाउन माग गर्दै आज ज्ञापनपत्र वुझार्ईएको छ ।

जिल्ला प्राविधिक समितिले कार्तिक १९ गते निसी, बोहरागाउँ र देविस्थानलाई मात्रै निसीखोालामा राखेको थियो । चारओटै गाविसका राजनैतिक दलको सर्वददिय डेलिकेशन समितिले देविस्थानको वडा नम्बर–९ खाडुलाई केन्द्र बनाउने गरि निसीखोला गाउँपालिका बनाउन जिल्ला प्रविधिक समितिलाई माग गरेका छन् ।

भुगोल, जनसंख्या लगायतका सवै मापदण्डले निसीखोला गाउँपालिका बन्न योग्य रहको नेपाली काँग्रेश जिल्ला कार्यसमिति सदस्य तारानाथ शर्माले जानकरी दिनुभयो । 

चारओटा गाविसको जनसंख्या २३ हजार १०० रहेको छ । गाउँपालिका बनाउन २२ हजार जनसंख्या आवश्यक पर्छ । 

जिल्ला प्रविधिक समितिको पछिल्लो प्रश्तावमा राजकुत बुर्तिबाङ तिर परेको छ । स्थानिय राजनैतिक दलले यस अघि बुर्तिबाङमा बैठक सर्वदलिय बैठक गरेर चारओटा गाविसको गाउँपालिका बनाउने निर्णय पनि गरिसकेका थिए । नेपाली काँग्रेशको देविस्थान गाउँ कार्यसमितिले यसअघि बुर्तिबाङ नगरपालिकामा जाने निर्णय गरेपनि आजको डेलिकेशनमा सभापती ईन्द्र मल्ल समेत सहभागी हुनुभएको थियो । 

डेलिकेशन टोलीमा नेपाली काँग्रेश जिल्ला कार्यसमिति सदस्य बोहरागाउँका तारानाथ शर्मा, नेकपा माओवादी केन्द्र निसीका अध्यक्ष पे्रम घर्ती, नेपाली काँग्रश राजकुतका प्रकाश कुँवर, राजकुत माओवादी केन्द्रका कृष्ण पुन लगायत ४ ओटा गाविसका सर्वदलिय प्रतिनिधिको सहभागीता थियो । निसीखोला गाउँपालिकामा जने कि बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जाने भन्ने विषयमा राजकुतका राजनैतिक दल विभाजित भएका भएका छन् । राजकुत काँग्रशका सभापती तेजेन्द्र विक्रम कुँवर, एमालेका गाविस अध्यक्ष लालविर लाप्चन सहित अन्य पार्टिका नेता राजकुतलाई बुर्तिबाङ केन्द्रमा राख्नुपर्ने भन्दै बुर्तिबाङको डेलिकेशन टोलीमा सहभागी भएका छन् । 

जिल्ला प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले राजनैतिक दलका जिल्ला नेतृत्व समक्ष राखेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको सहयोगीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’