२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

निसीखोला गाउँपालिका माग्दै ज्ञापन पत्र

२०७३, २४ कार्तिक बुधबार ११:२०

कृष्ण कँडेल, कात्तिक २४, बागलुङ । निसीखोला गाउँपालिकामा ईलाका नम्बर–१३ का ३ ओटा र राजकुतलाई मिलाएर गाउँपालिका बनाउन माग गर्दै आज ज्ञापनपत्र वुझार्ईएको छ ।

जिल्ला प्राविधिक समितिले कार्तिक १९ गते निसी, बोहरागाउँ र देविस्थानलाई मात्रै निसीखोालामा राखेको थियो । चारओटै गाविसका राजनैतिक दलको सर्वददिय डेलिकेशन समितिले देविस्थानको वडा नम्बर–९ खाडुलाई केन्द्र बनाउने गरि निसीखोला गाउँपालिका बनाउन जिल्ला प्रविधिक समितिलाई माग गरेका छन् ।

भुगोल, जनसंख्या लगायतका सवै मापदण्डले निसीखोला गाउँपालिका बन्न योग्य रहको नेपाली काँग्रेश जिल्ला कार्यसमिति सदस्य तारानाथ शर्माले जानकरी दिनुभयो । 

चारओटा गाविसको जनसंख्या २३ हजार १०० रहेको छ । गाउँपालिका बनाउन २२ हजार जनसंख्या आवश्यक पर्छ । 

जिल्ला प्रविधिक समितिको पछिल्लो प्रश्तावमा राजकुत बुर्तिबाङ तिर परेको छ । स्थानिय राजनैतिक दलले यस अघि बुर्तिबाङमा बैठक सर्वदलिय बैठक गरेर चारओटा गाविसको गाउँपालिका बनाउने निर्णय पनि गरिसकेका थिए । नेपाली काँग्रेशको देविस्थान गाउँ कार्यसमितिले यसअघि बुर्तिबाङ नगरपालिकामा जाने निर्णय गरेपनि आजको डेलिकेशनमा सभापती ईन्द्र मल्ल समेत सहभागी हुनुभएको थियो । 

डेलिकेशन टोलीमा नेपाली काँग्रेश जिल्ला कार्यसमिति सदस्य बोहरागाउँका तारानाथ शर्मा, नेकपा माओवादी केन्द्र निसीका अध्यक्ष पे्रम घर्ती, नेपाली काँग्रश राजकुतका प्रकाश कुँवर, राजकुत माओवादी केन्द्रका कृष्ण पुन लगायत ४ ओटा गाविसका सर्वदलिय प्रतिनिधिको सहभागीता थियो । निसीखोला गाउँपालिकामा जने कि बुर्तिबाङ केन्द्र हुने नगरपालिकामा जाने भन्ने विषयमा राजकुतका राजनैतिक दल विभाजित भएका भएका छन् । राजकुत काँग्रशका सभापती तेजेन्द्र विक्रम कुँवर, एमालेका गाविस अध्यक्ष लालविर लाप्चन सहित अन्य पार्टिका नेता राजकुतलाई बुर्तिबाङ केन्द्रमा राख्नुपर्ने भन्दै बुर्तिबाङको डेलिकेशन टोलीमा सहभागी भएका छन् । 

जिल्ला प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानिय विकास अधिकारी रामप्रसाद आचार्यले राजनैतिक दलका जिल्ला नेतृत्व समक्ष राखेर माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको सहयोगीले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते