४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती मनाइदै

२५ कार्तिक २०७३, बिहीबार ०१:५६

प्रकाश धौलाकोटी, कात्तिक २५, तेह्रथुम । महान् समाज सुधारक १६ औं राष्ट्रिय बिभुति फलामसिंह लिङदेन अर्थात् फल्गुनन्दको १३२ औँ जन्मजयन्ती आज किराँत धर्मावलम्बीहरुले देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।

सो अवसरमा तेह्रथुमको आठराई सक्रान्तिबजारमा विशेष कार्यक्रम हुँदैछ । बुधबारबाटै सुरु भएको कार्यक्रममा आज (बिहीबार) किराँत धर्मगुरु अंशीमाङ आत्मानन्द लिङ्देन र पवित्राहाङमा साँवा लिङदेनले संयुक्त रुपमा धार्मिक प्रवचन तथा उपदेश दिने कार्यक्रम रहेको छ । जन्मजयन्तीकै अवसरमा धर्मगुरु लिङदेन दम्पतीले सक्रान्तिबजारमा निर्मित फाल्गुनन्दको १५ फिट अग्लो ढुंगाको शालिक अनावरण समेत गर्ने कार्यक्रम रहेको छ । 

नेपाल सरकारको ७ लाख रुपैयाँ अनुदान सहयोग र बाँकी किराँत धर्मावलम्बी भक्तजन्हरुले गरी कुल २१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शालिक समुद्घाटन कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङ, सभासद भवानी खापुङ र गणेश विमली, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । सो कार्यक्रमको रेडियो तमोर १०२ मेघाहर्जबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ । 

सोही कार्यक्रमबाट प्रमुख अतिथि राज्यमन्त्री जवेगूले सक्रान्तिबजारमा फाल्गुनन्द चौकको समुद्घाटन तथा माङहिम शिलान्यास गर्ने कार्यक्रम समेत रहेको आयोजक समिति अध्यक्ष डम्बरबहादुर ईङनामले बताउनुभयो । 

प्रतिमा निर्माणले यसक्षेत्रको धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्दै पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ । इलामको चारखोलामा वि.स.१९४२ कात्तिक २५ गते जन्मेका फाल्गुनन्द किराँत धर्मका प्रवर्तक हुन् ।

 उनले १९८८ वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत् किरात चुम्लुङ’ (सभा) बसाएर १० बुँदे लिखित सत्यधर्म मुचुल्का’ कायम गराएका थिए । उक्त मुचुल्का जारी गरेपछि किरात समुदायको परम्परा तोड्दै बलिप्रथा र मद्यपानको चलन हटाएर समाज सुधारको अभियान थालिएको थियो । 

फाल्गुनन्दले बलिपूजा नगर्नु त्यसको सट्टा फलफूल नैवेद्यबाट गर्नु भन्ने अभियान चलाएका थिए । मुचुल्कामा प्रत्येक गाउँ–गाउँमा मन्दिर र पाठशाला बनाउने, लेखपढ सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहार गर्नु भनेर सामाजिक थिति बसाएका थिए । यस्तै–यस्तै उनका सामाजिक योगदानलाई लिएर राज्यले १६ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको हो । फाल्गुनन्दको निधन २००५ साल चैत २२ गते भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ