२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

१६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १ सय ३२ औं जन्मजयन्ती मनाइदै

२०७३, २५ कार्तिक बिहीबार ०१:५६

प्रकाश धौलाकोटी, कात्तिक २५, तेह्रथुम । महान् समाज सुधारक १६ औं राष्ट्रिय बिभुति फलामसिंह लिङदेन अर्थात् फल्गुनन्दको १३२ औँ जन्मजयन्ती आज किराँत धर्मावलम्बीहरुले देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।

सो अवसरमा तेह्रथुमको आठराई सक्रान्तिबजारमा विशेष कार्यक्रम हुँदैछ । बुधबारबाटै सुरु भएको कार्यक्रममा आज (बिहीबार) किराँत धर्मगुरु अंशीमाङ आत्मानन्द लिङ्देन र पवित्राहाङमा साँवा लिङदेनले संयुक्त रुपमा धार्मिक प्रवचन तथा उपदेश दिने कार्यक्रम रहेको छ । जन्मजयन्तीकै अवसरमा धर्मगुरु लिङदेन दम्पतीले सक्रान्तिबजारमा निर्मित फाल्गुनन्दको १५ फिट अग्लो ढुंगाको शालिक अनावरण समेत गर्ने कार्यक्रम रहेको छ । 

नेपाल सरकारको ७ लाख रुपैयाँ अनुदान सहयोग र बाँकी किराँत धर्मावलम्बी भक्तजन्हरुले गरी कुल २१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शालिक समुद्घाटन कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङ, सभासद भवानी खापुङ र गणेश विमली, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, स्थानीय विकास अधिकारी प्रल्हादकुमार कार्की, जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, राजनीतिक दलका नेताहरु लगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । सो कार्यक्रमको रेडियो तमोर १०२ मेघाहर्जबाट प्रत्यक्ष प्रशारण समेत हुनेछ । 

सोही कार्यक्रमबाट प्रमुख अतिथि राज्यमन्त्री जवेगूले सक्रान्तिबजारमा फाल्गुनन्द चौकको समुद्घाटन तथा माङहिम शिलान्यास गर्ने कार्यक्रम समेत रहेको आयोजक समिति अध्यक्ष डम्बरबहादुर ईङनामले बताउनुभयो । 

प्रतिमा निर्माणले यसक्षेत्रको धार्मिक सांस्कृतिक महत्वलाई प्रचार प्रसार गर्दै पर्यटन प्रवर्धनमा सहयोग पुग्नेछ । इलामको चारखोलामा वि.स.१९४२ कात्तिक २५ गते जन्मेका फाल्गुनन्द किराँत धर्मका प्रवर्तक हुन् ।

 उनले १९८८ वैशाख २४ गते पाँचथर लब्रेकुटीमा ‘बृहत् किरात चुम्लुङ’ (सभा) बसाएर १० बुँदे लिखित सत्यधर्म मुचुल्का’ कायम गराएका थिए । उक्त मुचुल्का जारी गरेपछि किरात समुदायको परम्परा तोड्दै बलिप्रथा र मद्यपानको चलन हटाएर समाज सुधारको अभियान थालिएको थियो । 

फाल्गुनन्दले बलिपूजा नगर्नु त्यसको सट्टा फलफूल नैवेद्यबाट गर्नु भन्ने अभियान चलाएका थिए । मुचुल्कामा प्रत्येक गाउँ–गाउँमा मन्दिर र पाठशाला बनाउने, लेखपढ सिकाउने, छोरा र छोरीलाई बराबरी व्यवहार गर्नु भनेर सामाजिक थिति बसाएका थिए । यस्तै–यस्तै उनका सामाजिक योगदानलाई लिएर राज्यले १६ औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको हो । फाल्गुनन्दको निधन २००५ साल चैत २२ गते भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश