Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१ माघ २०८२, बुधबार
मोरङ्ग - MRG

मिसकलले जुराएको दृष्टिविहीनको जोडी

२५ कार्तिक २०७३, बिहीबार ०५:३४

गोपाल प्रसाद पोखरेल, कात्तिक २५, मोरङ । नम्बर गल्ती भएर गरेको फोनकलबाट पनि कतिपय प्रेममा परेर वैवाहिक सम्बन्धमा बाँधिएका घटना समाजमा धेरै सुन्न पाइन्छ । 

कोही फोनमा बोलेर प्रेम गर्ने र मक्ख हुने तर पछि बास्तविक भेट हुँदा भने पन्छिएर प्रेम सम्बन्ध नै भुल्ने गरेका कुराहरु पनि बेलाबखत चर्चा हुन्छ । तर संयोग नै मान्नुपर्छ, अपरिचित नम्बरबाट आएको फोनकलबाट प्रेम भई एक नेत्रहीन जोडी वैवाहिक सम्बन्धमा बाँधिएका छन् । 

प्रसङ्ग हो, उर्लाबारी–१ विशालटोलका नेत्रहीन दम्पती ३१ वर्षीय होमबहादुर बयलकोटी र इलाम नयाँबजारकी २४ वर्षीया सम्झना लिम्बूबीचको । 

झट्ट सुन्दा फिल्मको कथाजस्तो लागेपनि वास्तविक जीवनको कुरा हो यो । अनजानमै सम्झना लिम्बूको मोबाइल नम्बरमा मिस्कल हान्नुभएका बयलकोटीले केटीको मधुर आवाज सुन्न थालेपछि होमले मन थाम्न नसकेपछि निरन्तर ‘मिस कल’ गरिरहनुभयो । 

एक दिन मोबाइलको घण्टी बज्यो । होमले हत्तपत्त फोन उठाउनुभयो, तर फोन काटियो । सोही नम्बरमा फेरि फोन दबाउनुभयो । पहिलोपटकमा फोन उठेन, अर्कोपटक पुनः फोन गर्दा तीनै केटीको आवाज सुनियो । यी दुईबीच फोनमा बाक्लै कुराकानी चल्न थाल्यो । आफूले माया गर्ने र बिहे नै गर्ने कुरा होमबाट आएपछि सम्झना भावुक हुँदै आफू नेत्रहीन भएको बताउनुभयो । 

सम्झनाले आफू नेत्रहीन भएको बताएपछि होमले आफू पनि नेत्रहीन भएको बताउनुभयो । त्यसपछि होम र सम्झनाको प्रेम प्रगाढ बन्दै गयो । निरन्तर फोन सम्पर्कमा रहेका यी दुईबीच भेट्ने कुरा चल्यो । 

त्यसपछि विर्तामोडमा भेट्ने भन्ने कुराको सल्लाह भयो । उहाँहरुबीच भेट भयो । दुवैजना एकअर्काबीच छुट्नै नसक्ने हुनुभयो । त्यसपछि उहाँहरुले प्रेम विवाह गर्नुभयो । होमबहादुर बयलकोटीले भन्नुभयो, “दुःख गरेर भएपनि सम्झनासँग खुसी छु ।” उहाँहरु दुवै गलत नम्बरकै कारण आफ्नो प्रेम सफल बनेकोमा खुशी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल