१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एमाले कास्कीले दिएको अभिव्यक्तिप्रति कास्की काँग्रेसको ध्यानाकर्षण

१३ भाद्र २०७२, आईतवार ००:०९

भदौ १२, पोखरा । नेपाली काङ्ग्रेस कास्कीले नेकपा एमाले कास्कीले
पार्टीको वारेमा दिएको अभिव्यक्तिप्रति ध्यानकर्षण भएको जनाएको छ ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति
यज्ञबहादुर थापाद्धार शनिबार जारी गरेको विज्ञप्तिमा नेकपा एमाले कास्कीद्धारा प्रेशीत वक्तव्य र आयोजित
पत्रकार भेटघाटमा नेपाली काङ्ग्रेसका निष्ठावान संघर्षशील लोकप्रिय युवा नेता स्व.रामजी पौडेल बादलको
हत्या प्रशंगमा व्यक्त आपत्तिजनक अभिव्यक्तिप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

हत्या जस्तो अपराधिक कार्यको विरोध र भत्सना गरिनु स्वाभाविकै हो तर त्यसैको
वाहानामा अर्को पार्टीको अनायकमा निन्दा गर्नु अनर्गल मिथ्या आरोप लगाउनु युक्ति संगत नहुने विज्ञप्तीमा
उल्लेख गरिएको छ।

कास्की काङ्ग्रेसले नेकपा एमाले कास्कीको
बारेमा केहि नबोलेकोमा अनुसन्धान कार्यमा जुटेको नेपाल प्रहरीको अनुसन्धानको रिपोटको कुनै प्रसंगलाई
जोडेर पत्रकार सम्मेलन गरी कास्की काङ्ग्रेस र काङ्ग्रेसको नेतृत्वको विरुद्ध अनर्गल मिथ्या प्रचार
गर्नु अस्वाभाविक मात्रै नभई विवेक र मर्यादाको ठाडो उल्ल·घन हो–विज्ञप्तिमा भनिएको छ।

लोकतन्त्रमा कुनै पनि अपराधिक कार्यको सत्य तथ्यमा आधारित भएर निश्पक्ष छानविन
र अनुसन्धान गरी अपराधमा संलग्न व्यक्तिलाई कानुनको कठघरामा उभाएर दण्डीत गर्ने दायित्व सम्वन्धित
निकायको भएकोले कुनै पनि पार्टीले त्यस कार्यमा दख्खल दिन नहुे विज्ञप्ति मार्फत उल्लेख गरिएको
छ।

“हाम्रो पार्टी हत्या जस्तो अपराधमा संलग्न व्यक्तिलाई
संरक्षण दिन त के कल्पना समेत गर्न सक्दैन विज्ञप्तीमा भनिएको छ– हाम्रो पार्टीको सञ्चालन व्यवस्थापन
कसरी गर्नुपर्दछ त्यो हामी लाई एमालेले सिकाईरहनु पर्दैन। हामी आफैले जान्ने कुरा हो। त्यसका लागि हामी
आफै सक्षम छौ।”

संविधान निर्माण र सरकार सञ्चालनको मुख्य
साझेदार नेकपा एमाल जस्तो जिम्मेबार पार्टीले आउदा दिनमा हाम्रो पार्टी विरुद्व अनर्गल प्रचार र
वक्तव्यवाजी दोहर्याउने छैन भन्ने विज्ञप्ति मार्फत अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार