१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ‘ए’ लेबल भलिवल प्रशिक्षक प्रशिक्षण शुरु

१५ भाद्र २०७२, मंगलवार ०६:५७

unnamed (3)

भाद्र १५, पोखरा । कास्की जिल्ला भलिवल
संघको आयोजनामा मंगलबारदेखि पोखरामा कार्यक्रम शुरु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एक समारोहका विच तालिमका
प्रमुख प्रशिक्षक सुदेश कुमार रिमाललाई प्रशिक्षण सामग्री हस्तान्तरण गर्दै तालिमको उद्घाटन गरे

नेपाल भलिबल संघको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद्को
विशेष सहयोगमा शुरु तालिमको उद्घाटन समारोहमा बोल्दै उनले भलिवल खेल हाम्रो भुगोल र माटो सहाउँदो भएकाले
पनि लोकप्रिय खेल बन्न सफल भएको बताए । पश्चिमाञ्चलमा यो खेलको विकासका लागि आफुले सक्दो सहयोग गर्ने
प्रतिवद्धता जनाए ।

त्यस्तै विशेष अतिथि जिल्ला खेलकुद विकास
समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङ्गले आफु भलिवल संघको केन्द्रिय उपाध्यक्ष समेत भएकाले यहाँको
खेल विकासमा केन्द्रबाट मिल्ने सहयोग गर्ने बताए ।

आयोजक कास्की
जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमा संघका बरिष्ठ उपाध्यक्ष खगेन्द्र
प्रसाद गौचनले स्वागत, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले शुभकामना
मन्तव्य राखेका थिए । संघका सदस्य टंक पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

एक साता सम्म सञ्चालन हुने तालिममा कास्की, रुपन्देही, गुल्मी, स्याँग्जा, पर्वत,
तनहुँ लगाएतका जिल्लाहरुबाट २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । भलिवल प्रशिक्षक बलराम
क्षेत्रि र कौशिला खत्रिले पनि तालिममा सहजिकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार