११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

संचारिका पश्चिमाञ्चलमा जमुना वर्षा दुर्गा भण्डारी सम्मानित

१५ भाद्र २०७२, मंगलवार ०८:२०

भदौं १५,
पोखरा ।
संचारिका समूह नेपाल पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो अधिवेशनले जमुना
वर्षा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वााचित गरेको छ ।

समूहको उपाध्यक्ष,
महासचिव, सचिव र कोषाध्यक्ष क्रमश विमला भण्डारी, कविता श्रेष्ठ, सावित्री गौतम र राधिका कँडेल
निर्वाचित भएका छन् । सदस्यहरुमा उमा आले, दुर्गा रानामागर, शोभा भण्डारी, बालकुमारी पौडेल९तारा०, रविना
ढकाल, कञ्चन थापा, सन्तोषी श्रेष्ठ, सम्पदा बास्तोला, सपना अधिकारी निर्वाचित भएका छन् । एक सदस्य पछि
मनोनयन गर्ने अध्यक्ष वर्र्षाले बताइन् ।

unnamed
(5)

संचारिका समूह पश्चिमाञ्चलको मंगलबार पोखरामा सम्पन्न चौथो
अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्य ।

 

दुर्गा
भण्डारीको संयोजक, दीपेन्द्र श्रेष्ठ र विनिता नेपाली सदस्य रहेको गठित अध्यक्ष मण्डलले निर्वाचनको
कार्यक्रम सम्पन्न गरेको थियो । नवनिर्वाचित अध्यक्ष वर्षाले बुधबार नै बैठक बसेर कार्यक्रम तय गर्ने
बताइन् ।

पत्रकार महिलाको क्षमता र नेतृत्व विकासका लागि आफूले काम गर्ने उनले प्रतिवद्धता
जनाएकी छन् । वर्षा पोखराबाट प्रकाशित पोखरा एक्सप्रेसकी सम्पादक हुन भने महिला खबर डट कम र रेडियो
जननीसंग आबद्ध छन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले
समयक्रमसंगै पत्रकार महिलाको संख्या बढ्दै जानु सकारात्मक भएको बताए । कतिपय विषयवस्तुको रिपोर्टिग
पुरुषले गर्दा पुरा नहुने भन्दै अब जनसंख्या जस्तै पत्रकार महिलाको संख्या पनि ५० प्रतिशत हुनुपर्ने
बताए । महिलाहरु पत्रकारितामा आउने र छिटै पलायन हुनेक्रमलाई रोक्नुपर्नेमा उनको जोड थियो

unnamed (4)


संचारिका समूह पश्चिमाञ्चलको मंगलबार पोखरामा आयोजित चौथो अधिवेशन उद्घाटन समारोहका सहभागी

पत्रकारिताको विकास र संचारिका समूहको संगठनात्मक विकासमा योगदान पुर्याएको भन्दै
संचारिका समूह पश्चिमाञ्चलकी संस्थापक अध्यक्ष दुर्गा भण्डारीलाई सम्मान गरिएको थियो । गुरुग
ब्युटिपार्लरकी संचालक चिनु गुरुगले स्थापना गरेको अक्षयकोषबाट पहिलोपटक भण्डारीलाई १० हजार एक सय ११
रुपैयाँ सहित सम्मान गरिएको हो ।

पत्रकार महासंघका कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले
पत्रकारितको विकाससंगै पत्रकारको आर्थिक अवस्था सुधार हुन नसकेको बताए । सो अवसरमा अक्षयकोषमा सहयोग
गर्ने चिनु गुरुग र कमला प्रधानलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका
केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डे अक्षयकोषदाता द्वय गुरुग र
प्रधानले शुभकामना व्यक्त गरेका थिए ।

संचारिका समूह पश्मिाञ्चल अध्यक्ष बसन्ती वास्तोलाको
सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव विमला भण्डारी र कोषाध्यक्ष कविता श्रेष्ठले प्रस्तुत गरेको
प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । अघिल्लो कार्यसमितिलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा
संस्थालाई सो अवसरमा मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा