९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुनसरीमा झुट्टा विवरण पेस गरी नागरिकता लिने पक्राउ

२६ कार्तिक २०७३, शुक्रबार ०२:२१

कार्तिक २६, इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीबाट झुट्टा विवरण पेस गरी नागरिकता लिने एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी मध्येहर्षाही–७ घर भई अहिले सप्तरी कटैया–४ मा बसोबास गर्दै आएका ३३ वर्षीय इन्द्रदेव भन्ने उमेशकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उमेशले सुनसरीको पश्चिमकुशाहा–९ वस्ने ससुरा सहदेव दास र सासू अनारदेवी दासलाई बुबाआमा बनाई नागरिकता लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । 

उमेशले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट २०६३ फागुन १० गते ०६३०४५/ २३४५ नंको नागरिकता लिएको प्रहरी नायब उपरीक्षक घिमिरेले जानकारी दिनुभयो । 

इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सप्तरीको कञ्चनपुर–५ मा लुकिछिपी बसेको अवस्थामा उमेशलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन