२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत अस्पतालमा औषधि अभाव

२०७३, २६ कार्तिक शुक्रबार ०३:२५

कात्तिक २६, पर्वत । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो । 

पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पतालमा हाल १७ किसिमका औषधि अस्पतालमा नरहेको जानकारी अस्पतालले दिएको छ । 

अस्पतालका अनुसार भएका औषधिसमेत पर्याप्त रहेका छैनन् । सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि जिल्ला अस्पताल पर्वतले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्वतमा दुई प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् । 

जिल्ला अस्पतालमा हाल दममा प्रयोग हुने औषधि साइलब्युटामोल चार एमजी, दुखाइ कम गर्ने आइब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट दुई सय ५० एमजी र पाँच सय एमजी, विशेषगरी बच्चालाई ज्वरो आउँदा खुवाउने ज्वरोको झोल औषधिलगायत औषधिको अभाब भएको छ । त्यसैगरी, आँखामा प्रयोग हुने झोल औषधि, एन्टिबायोटिक औषधि र बिरामीका लागि बढी मात्रामा प्रयोग हुने सलाइनको पनि अभाव रहेको अस्पतालले जनाएको छ । 

त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केही मात्रै स्टकमा रहेको छ । भिटामिन बी कम्प्लेक्स, जीवन जल तथा जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ । 

मौज्दात नरहे पनि औषधिको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ । गत वर्ष टेन्डर आह्वान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको भए पनि विगत एक महिनादेखि औषधिको अभाव भएपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन् । निःशल्क पाइने औषधि समेत सर्वसाधारणले महँगो शुल्क तिरेर किन्न बाध्य भएका छन् । 

सर्वसाधारणले निःशुल्क वितरण गर्ने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएको गुनासो गरेका छन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा फणिन्द्र बरालले भने अब औषधि अभाब नहुने बताउनुभयो । अस्पतालले औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब केही दिनमै समस्या समाधान हुने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार