१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत अस्पतालमा औषधि अभाव

२६ कार्तिक २०७३, शुक्रबार ०३:२५

कात्तिक २६, पर्वत । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो । 

पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पतालमा हाल १७ किसिमका औषधि अस्पतालमा नरहेको जानकारी अस्पतालले दिएको छ । 

अस्पतालका अनुसार भएका औषधिसमेत पर्याप्त रहेका छैनन् । सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि जिल्ला अस्पताल पर्वतले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्वतमा दुई प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् । 

जिल्ला अस्पतालमा हाल दममा प्रयोग हुने औषधि साइलब्युटामोल चार एमजी, दुखाइ कम गर्ने आइब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट दुई सय ५० एमजी र पाँच सय एमजी, विशेषगरी बच्चालाई ज्वरो आउँदा खुवाउने ज्वरोको झोल औषधिलगायत औषधिको अभाब भएको छ । त्यसैगरी, आँखामा प्रयोग हुने झोल औषधि, एन्टिबायोटिक औषधि र बिरामीका लागि बढी मात्रामा प्रयोग हुने सलाइनको पनि अभाव रहेको अस्पतालले जनाएको छ । 

त्यस्तै, आलमुनियम हाइड्रोसाइड (डाइजिन) लगायतका औषधि केही मात्रै स्टकमा रहेको छ । भिटामिन बी कम्प्लेक्स, जीवन जल तथा जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ । 

मौज्दात नरहे पनि औषधिको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ । गत वर्ष टेन्डर आह्वान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको भए पनि विगत एक महिनादेखि औषधिको अभाव भएपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन् । निःशल्क पाइने औषधि समेत सर्वसाधारणले महँगो शुल्क तिरेर किन्न बाध्य भएका छन् । 

सर्वसाधारणले निःशुल्क वितरण गर्ने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएको गुनासो गरेका छन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा फणिन्द्र बरालले भने अब औषधि अभाब नहुने बताउनुभयो । अस्पतालले औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब केही दिनमै समस्या समाधान हुने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल