२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेब्रीकद्धारा निर्मित १५ दिने हस्तकला तालिम सम्पन

२०७२, १७ भाद्र बिहीबार २०:१५

भदौँ १८, पोखरा । रेडियो जननी ९०.६ को
समन्वय र पद्यमावती हस्तकला उद्योग, कास्की पोखरा हस्तकला संघ, पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना
उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा भएको १५ दिने फेब्रीक द्धारा निर्मित हस्तकला तालिम बिहिबार
सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय
बहादुर राना मगरले महिलाहरुलाई उद्यमशील बनाउनका लागि यो तालिम निकै उपयोगी रहेको बताउनु भयो । उँहाले
महिलामैत्री समाज बनाउनका लागि आर्थिक पाटोमा महिलाहरुलाई सहभागी गराउनु पर्ने बताउदै त्यसका लागि यस्ता
तालिम आवश्यक पर्ने बताउनु भयो । उहाले महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर उद्यमशीलतामा लाग्नु पर्ने
बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख
कृष्ण प्रसाद आचार्यले दैनीक रुपमा वस्तु उत्पादन गर्दै जादा ती वस्तुबाट खेर गएका टुक्रालाई पनि
सदुपयोग गरी दैनीक जीवनलाई आवश्यक पर्ने वस्तु निर्माण गर्न सकिन्छ भन्ने कुरा यस तालिमले प्रमाणीत
गरेको बताउनु भयो । आर्चायले फेब्रीक द्धारा निर्मित सामान पोखरा मात्र नभएर अन्य शहरमा पनि बिक्री
गर्नु पर्ने बताउनु भयो ।

पद्यमावती हस्तकला उद्योगका संचालक
तथा रेडियो जननीका अध्यक्ष हिरा भट्राईले यो तालिम सिकाइमा मात्र सिमित नराखीकन उद्यमशीलतामा लाग्न
आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहनु भएका भट्टराईले तालिममा सिकेका कुरा
अरुलाई सिकाउन सकेमा ज्ञान वृद्धि हुने बताउनु भयो ।

कार्यक्रममा रेडीयो जननीका स्टेशन म्यानेजर एवं संचारिका समूह पश्चिमाञ्चलका उपाध्यक्ष बिमला
भण्डारीले रेडीयो जननीले उद्यमशीलतालाई अगाडी बढाएर हिड्न सफल भएको बताउदै उद्यमशीलतामा लाग्न पहिला
उत्प्रेरण जाग्नु पर्ने बताउनु भयो । संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षाले तालिममा
सिकेका कुरालाई तालिममा मात्र सिमित नराखी व्यवहारमा उर्तान आग्रह गर्नु भयो ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्रीले महिलाहरुलाई
यस्ता तालिम दिन सकेमा महिलाहरु वैदेशिक रोजगारीका लागि विदेश जान नपर्ने बताउनु भयो। तालिममा सहभागी
युनिका श्रेष्ठ र विमला थापाले यो तालिम लिए पछि महिलाहरुले पनि आर्यआर्जन गर्न सकिदो. रहेछ भन्ने
कुराको आभास भएको बताउनु भयो ।

वडा नं १७ टोल बिकास संस्था
समन्वय समितिका अध्यक्ष गिता सुवेदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य
संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य सुरेश कुमार भण्डारी, वडा नं. १७ बिरौटा महिला उद्धार समुहका
अध्यक्ष इन्दिरा थापा, बुद्ध फेब्रीक व्याग उद्योग संचालक बलराम गौतम, प्रशिक्षक किरण गौतम, चिनु थापा,
लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो भने रेडियो जननीका कार्यक्रम संयोजक नरमाया रसाइलीले
कार्यक्रम सञ्चालन गर्नुभएको थियो । तालिममा पोखरा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र
नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए ।

तालिममा सहभागी २५
महिलाहरु मध्ये उत्कृष्ट ४ जनालाई पुरस्कृत गरिएको थियो । प्रथम विमला थापा, दितीय कमला गुरुङ्ग,, तृतीय
पुनम थापा, सान्त्वना रजनी केसीलाई फेब्रीकको कच्चा पदार्थ दिएर पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो