२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

फेब्रीकद्धारा निर्मित १५ दिने हस्तकला तालिम सम्पन

१७ भाद्र २०७२, बिहीबार २०:१५

भदौँ १८, पोखरा । रेडियो जननी ९०.६ को
समन्वय र पद्यमावती हस्तकला उद्योग, कास्की पोखरा हस्तकला संघ, पोखरा उद्योग वाणिज्य संघ घरेलु तथा साना
उद्योग प्रर्वद्धन उपसमितिको आयोजनामा भएको १५ दिने फेब्रीक द्धारा निर्मित हस्तकला तालिम बिहिबार
सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय
बहादुर राना मगरले महिलाहरुलाई उद्यमशील बनाउनका लागि यो तालिम निकै उपयोगी रहेको बताउनु भयो । उँहाले
महिलामैत्री समाज बनाउनका लागि आर्थिक पाटोमा महिलाहरुलाई सहभागी गराउनु पर्ने बताउदै त्यसका लागि यस्ता
तालिम आवश्यक पर्ने बताउनु भयो । उहाले महिलाहरुले फुर्सदको समय सदुपयोग गरेर उद्यमशीलतामा लाग्नु पर्ने
बताउनु भयो ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख
कृष्ण प्रसाद आचार्यले दैनीक रुपमा वस्तु उत्पादन गर्दै जादा ती वस्तुबाट खेर गएका टुक्रालाई पनि
सदुपयोग गरी दैनीक जीवनलाई आवश्यक पर्ने वस्तु निर्माण गर्न सकिन्छ भन्ने कुरा यस तालिमले प्रमाणीत
गरेको बताउनु भयो । आर्चायले फेब्रीक द्धारा निर्मित सामान पोखरा मात्र नभएर अन्य शहरमा पनि बिक्री
गर्नु पर्ने बताउनु भयो ।

पद्यमावती हस्तकला उद्योगका संचालक
तथा रेडियो जननीका अध्यक्ष हिरा भट्राईले यो तालिम सिकाइमा मात्र सिमित नराखीकन उद्यमशीलतामा लाग्न
आग्रह गर्नुभयो । पोखरा उद्योग वाणिज्य संघका सदस्य समेत रहनु भएका भट्टराईले तालिममा सिकेका कुरा
अरुलाई सिकाउन सकेमा ज्ञान वृद्धि हुने बताउनु भयो ।

कार्यक्रममा रेडीयो जननीका स्टेशन म्यानेजर एवं संचारिका समूह पश्चिमाञ्चलका उपाध्यक्ष बिमला
भण्डारीले रेडीयो जननीले उद्यमशीलतालाई अगाडी बढाएर हिड्न सफल भएको बताउदै उद्यमशीलतामा लाग्न पहिला
उत्प्रेरण जाग्नु पर्ने बताउनु भयो । संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना शर्मा बर्षाले तालिममा
सिकेका कुरालाई तालिममा मात्र सिमित नराखी व्यवहारमा उर्तान आग्रह गर्नु भयो ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमितिका प्रथम उपाध्यक्ष देव क्षेत्रीले महिलाहरुलाई
यस्ता तालिम दिन सकेमा महिलाहरु वैदेशिक रोजगारीका लागि विदेश जान नपर्ने बताउनु भयो। तालिममा सहभागी
युनिका श्रेष्ठ र विमला थापाले यो तालिम लिए पछि महिलाहरुले पनि आर्यआर्जन गर्न सकिदो. रहेछ भन्ने
कुराको आभास भएको बताउनु भयो ।

वडा नं १७ टोल बिकास संस्था
समन्वय समितिका अध्यक्ष गिता सुवेदीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा पोखरा उद्योग वाणिज्य
संघका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य सुरेश कुमार भण्डारी, वडा नं. १७ बिरौटा महिला उद्धार समुहका
अध्यक्ष इन्दिरा थापा, बुद्ध फेब्रीक व्याग उद्योग संचालक बलराम गौतम, प्रशिक्षक किरण गौतम, चिनु थापा,
लगायतले शुभकामना मनतव्य राख्नु भएको थियो भने रेडियो जननीका कार्यक्रम संयोजक नरमाया रसाइलीले
कार्यक्रम सञ्चालन गर्नुभएको थियो । तालिममा पोखरा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र
नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए ।

तालिममा सहभागी २५
महिलाहरु मध्ये उत्कृष्ट ४ जनालाई पुरस्कृत गरिएको थियो । प्रथम विमला थापा, दितीय कमला गुरुङ्ग,, तृतीय
पुनम थापा, सान्त्वना रजनी केसीलाई फेब्रीकको कच्चा पदार्थ दिएर पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला