2026-10-18 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भगवती च्यालेन्ज कपको उपाधि लुङछातालाई

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तिहारको अवसरमा छातेढुंगामा लागेको दिपावली मेलामा सञ्चालित भगवती च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लुङछाता सामुदायिक संस्था छातेढुंगाले जितेको छ । 

साविक विजेता आठराई मितेरी युवा क्लब सक्रान्तिबजारसँगको खेलमा ० का विरुद्ध १ गोल गर्दै लुङछाताले उपाधि चुमेको हो । स्थानीय पोखरी उच्च माविको खेलमैदानमा भएको खेलमा मितेरीले अधिकांश समय लुङछातालाई दबाबमा राखेपनि खेलको १५ औं मिनेटमा लुङछाताले गरेको गोल नै निर्णायक बनेको थियो । 

उपाधिसँगै लुङछाताले नगद १ लाख १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र पाएको छ । हारसँगै उपविजेतामै चित्त बुझाउन बाध्य बनेको मितेरीले नगद ५० हजार १ सय ११ रुपैयाँसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । प्रतियोगितामा पुर्वाञ्चलका उत्कृष्ट खेलाडी सम्मिलित १९ टिम सहभागी थिए । 

यस्तै मेलाकै अवसरमा आयोजित महिला भलिबलको उपाधि साविक विजेता चम्किलो तारा युवा क्लब ईवाले जितेको छ । उसले पोमु केछाङ युवा क्लब निगुरादिन ताप्लेजुङलाई पराजित गरेर उपाधिसँगै नगद ३० हजार, कप, मेडल र प्रमाण पत्र पाएको हो । उपविजेता बनेको पोमुकेछाङले नगद २० हजार, कप, मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य बनेको छ ।

यस्तै भलिबल प्रतियोगिताको उपाधि मेहरमान स्मृति प्रतिष्ठान झापाले जितेको छ । फाइनलमा युनिभर्सल युवा क्लब ईवालाई पराजित गर्दै उपाधि चुमेको हो । विजयी मेहरमान स्मृति प्रतिष्ठानले नगद ३० हजार पाएको छ भने उपविजेता बनेको युनिभर्सलले नगद २० हजार रुपैयाँ पाएको छ । 

समापन समारोहमा पुरस्कार वितरण गर्दै कांग्रेस जिल्ला सभापति गोविन्द ढुंगाना र एमाले जिल्ला उपाध्यक्ष सन्जय तुम्बाहाम्फेले यो मेला सन्चालनले यस क्षेत्रको खेलकुद विकाससँगै पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान गर्दै आएको धारणा राख्नुभयो । ०३९ सालदेखि छातेढुंगामा निरन्तर रुपमा लाग्दै आएको मेला कात्तिक १८ गतेबाट सुरु भएर शुक्रबार सकिएको हो ।

 मेला मानव कल्याणकारी सेवा केन्द्र छातेढुंगाले हरेकवर्ष आयोजना गर्ने गरेको छ । मेला ०४५ सालतिर पाँचथर अमरपुरका रामकुमार लिङदेन परिवारले दुई लाख रुपैयाँ राशीको अक्षयकोष स्थापना गरिदिएपछि मेला निरन्तर सञ्चालन हुँदै आएको छ ।

्तर स्थानीय श्रोत कमजोर हुँदा मेला निरन्तरताकालागि समस्या हुने गरेको आयोजक दीपावली मेला समिति खेलकुद समिति अध्यक्ष तेजमान कन्दङवाले बताउनुभयो । समापन समारोह मेला समिति अध्यक्ष केशरमान कन्दङवाको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु