2026-09-27 05:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सहकारी खुलेपछि फेरियो कृषकको जीवन

प्रकाश धौलाकोटी/कात्तिक २७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ३, मुसाङखेलका कृषकहरू गाई भैंसी पालेरै आत्मनिर्भर बन्न थालेका छन् । यहाँका अधिकांश कृषकहरुको दैनिकी पूर्ण रुपमा गाईभैसी पालनतर्फ केन्द्रित हुन थालेको हो ।  

उनीहरुले गाउँमा मुसाङ्खेल दुग्ध उत्पादक सहकारी संस्था खोलेर आत्मनिर्भरको बाटो रोजेका हुन् । सो सहकारीमा मात्रै वार्षिक १ लाख ६५ हजार लिटरसम्म दुध संकलन हुने गर्दछ । 

सहकारीले सन्चालन गरेको दुग्ध संकलन केन्द्रमा दैनिक ४ सय लिटर देखि ५ सय लिटर सम्म दुध संकलन हुने गरेको छ । 

करिब १ सय २० घरधुरी कृषकहरुले सो संकलन केन्द्रमा दुध जम्मा गर्दै आएका छन् । सहकारीमार्फत ऋण लिई परम्परागत पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै आर्थिक उन्नति गर्न सकिने बुझेपनि उनीहरुले दुध विक्री गरेर मनग्ये आम्दानी गरिरहेका छन् । 

अहिले यहाँका अधिक कृषकहरुको मुख्य आयको श्रोत नै दुध बनेको छ । यहाँका कतिपय विदेश गएका युवाहरु समेत स्वदेश फर्किएर गाईपालन थालेका छन् । यसअघि दुई पटकसम्म विदेश गएर फर्किएका यहाँका इन्द्रप्रसाद दाहाल नेपालमा कृषि पेशामा उल्लेख्य सम्भावना रहेको बताउनुहुन्छ । 

सहकारीको सहयोग पाएपछि विदेश जाने सोच नै हरायो, विदेशमा पनि परिश्रम नै गर्नुपर्छ, त्यही परिश्रम स्वदेशमा गर्ने हो भने मनग्ये आम्दानी हुन्छ, दाहाल भन्नुहुन्छ । दाहालले दैनिक २० लिटर दुध विक्री गर्दै आउनुभएको छ । 

दाहाल जस्तै अन्य कृषकहरुबाट पनि दैनिक २ देखि २० लिटरसम्म दुध संकलन हुने गरेको छ । यसरी सहकारीले संकलन केन्द्रमा संकलन गरेको दुध धनकुटाको जोरपाटीस्थित दुग्ध चिस्यान केन्द्रमा निर्यात गर्ने गर्दै आएको छ । अहिले सहकारी आफ्नै लगानीमा चिस्यान केन्द्र समेत सन्चालनमा ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह