१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट शैक्षिक सुधार तर्फ लम्किँदै

२७ कार्तिक २०७३, शनिबार ०९:१७

कात्तिक २७, जाजरकोट । जिल्लालाई शैक्षिक सुधार वर्ष घोषणासँगै सरोकारवाला निकायले पनि चासो बढाएको छ । यहाँको शैक्षिक सुधार र सामुदायिक विद्यालय भन्नसाथ कमजोर पढाइ हुने भनी बुझ्ने परिपाटीलाई बदल्न सरोकारवाला एक जुट भएका हुन् । 

दसँै तिहारको बिदा सकिएलगत्तै जिल्लाका सबै विद्यालयमा अनुगमनसँगै शिक्षकको नियमित उपस्थितिलाई कार्यन्वयन गर्न जिल्ला शिक्षा कार्यालयले सिक्रियता बढाएको छ । कार्यालयले शैक्षिक क्यालेन्डरलाई कडाइका साथ कार्यान्वयन गर्न र विद्यार्थीको पढ्न पाउने अधिकारबाट सुरक्षित गर्न नियमित छट्के जाँच गर्ने गरेको छ । 

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह आफँैले स्थानीय राजनीतिक दल, नागरिक समाज र अन्य वुद्धीजीवीलाई विद्यालय खुलेको वा नखुलेको, नियमित पढाइ भए, नभएको भनी कार्यालयबाट टेलिफोन समेत गरी जानकारी लिने गरेको पाइएको छ । 

विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमतिमा गर्न दबाब दिँदै आएको जिल्ला शिक्षा कार्यालयले जिल्लाका ६० प्रतिशत भन्दा बढी विद्यालयले सहमतिमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी दिएको छ । सहमति अनुसार समिति गठन नहुँदा जिल्लाका अधिकांश विद्यालय शैक्षिक क्रियाकलाप खस्किएको भन्दै कार्यालयले सहमतिको कुरा अगाडि सारेको जिल्ला शिक्षा अधिकारी सिंहको भनाइ छ । 

जाजरकोटमा अधिकांश विद्यालयमा विद्यार्थी अनुसारको विद्यालयमा दरबन्दी नहुनु, अस्थायी स्वीकृति लिएर विद्यालय सञ्चालन हुनु जस्ता समस्या रहेका छन् । जिल्ला शिक्षा कार्यालयको यो अभियानलाई साथ दिन प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पनि विद्यालय अनुगमण निरीक्षण गर्ने गरेको पाइएको छ । 

भौतिक पूर्वधारको समुचित वितरणका लागि एक विद्यालय एक भौतिक पूर्वाधार हुनुका साथै सबै विद्यालयलाई फर्निचरयुक्त विद्यालय बनाउने अभियान समेत सुरु भएको छ । 

यसै वर्षदेखि नमुना विद्यालय निर्माणकार्य सुरु भई जिल्लाका ११ स्थानमा नमुना विद्यालय समेत निर्माण भइसकेको कार्यालयले जनाएको छ । 

विद्यालयमा महिनावारी हुँदा छात्रालाई पर्ने असर र सोही कारणले विद्यालय नै छाड्नुपर्ने समस्यलाई हल गर्न प्रत्येक विद्यालयमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा प्याडको व्यवस्था समेत गरिएको छ । यो व्यवस्थासँगै छात्राहरुको विद्यालयमा पढाइमा हुने समस्या हल भएको छ । 

विद्यालय खुल्ने समयमा शिक्षक विद्यालयमा नगएको पाइएमा नेपाल प्रहरीले बिदामा बसेको हो या होइन त्यसबारेमा जिल्ला शिक्षा कार्यालयमा जानकारी दिन थालेपछि कामचोर शिक्षक तह छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल