१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

समावेशी शिक्षा तालिम समापन

२७ कार्तिक २०७३, शनिबार १०:२३

 कात्तिक २७, बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कार्यालय बुटवलको आयोजना र जिल्ला शिक्षा कार्यालय रुपन्देहीको संमन्वयमा बुटवलमा जारी समावेसी शिक्षा अभियान सम्बन्धी अभिमुखिकरण कार्यशाला शनिवार सम्पन्न भएको छ । 

विद्यालय क्षेत्रभित्र रहेका अपाङ्गता भएका वालवालिकाहरुलाई कसरी विद्यालय सेवा क्षेत्र भित्र ल्याउन सकिन्छ भन्ने विषयमा केन्द्रीत रहेको कार्यशालामा रुपन्देहीका  विभिन्न विद्यालयका प्रअ तथा शिक्षक, विदालय व्यवस्पान समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 

तालिममा विद्यालय निरिक्षक हरिलाला अर्याल र धनेश्वर पन्तले समाहित शिक्षाको विविध पक्षमा सहजीकरण गरेका थिए भने राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले अपाङ्गता विद्यार्थीको अधिकार, अफ्ठारा चुनौतिहरुको विषयमा कसरी संमन्वयकारी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतीकरण गरेका थिए । 

तलिम समापन समारोह राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष कल्पना ढकालको अध्यक्षता, क्षेत्रीय संयोजक सावित्रा घिमिरेको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रशिक्षार्थी केरवानी माविका प्रअ दुर्गादत्त आचार्य बुटवल टुडे दैनिकका बरिष्ठ संवाददाता कृष्ण खनाल लगायतले मन्तव्य राखेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल