२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका भूमिहीन परिवार आगो बालेर रात काट्दै

२०७३, २७ कार्तिक शनिबार ११:१२

कात्तिक २७, कञ्चनपुर । कञ्चनपुरको वनहरा नदी किनार मसानघाट नजिकै बसेका भूमिहीन परिवारले आगो बालेर रात काट्न विवश छन् । 

एक दशकदेखि मसानघाट नजिकै छाप्रा बनाएर बसेका परिवारले मजदुरी गरी जीविका चलाउँदा ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोबाट जीउ जोगाउन आगो बालेर रात काट्दै आएका छन् । 

छ बर्ष अघि दातृ निकायले प्रदान गरेकोे प्लास्टिकको त्रिपाल फाटेर छियाछिया भएको छ मानध्वज लुहारले भन्नुभयो, “शीतको पानी टप्पटप्प झुपडीभित्रै चुहिन्छ ।” 

“झुपडी चुहिँदा भएका कपडा निथ्रुक्क भिज्छन, बालबालिका र बूढापाकालाई जागाउनकै लागि पनि आगो बालेर रात काटन विवश छौंँ” उहाँले भन्नुभयो । 

मजदुरी गरी हातमुख जोर्दा कपडा किन्ने पैसा बनाउन सकिदैन कलावती लुहारले भन्नुभयो, “कपडा किन्ने पैसा जुटाउन नसक्दा नै सामुदायिक वनबाट लुकिछिपी ल्याएको दाउराको जेनतेन जोहो गरी आगो ताप्न बाध्य छौंँ ।” 

जग्गा पाउने आशमा वनहरा नदी किनार मसानघाटमा ११ परिवार भूमिहीन एक दशकदेखि छाप्रा बनाएर बसेका हुन् । उनीहरु दैनिक मजदुरी गरी जीविका चलाउने गर्छन् । 

कपडा किन्न नसकेपछि बस्तीका भूमिहीन परिवारले चिसोगर्मी जुनसुकै मौसममा पनि एकै खाले कपडा लगाएर जीउ ढाक्दै आएका छन् । 

चिसो बढेपछि बालबालिकालाई रुघाखोकी, टाउको दुख्ने र बूढापाकालाई ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्या देखिएको छ । अस्पतालसम्म पुग्नका लागि पैसा जुटाउन नसक्दा अधिकांश रोग निको हुने आशामा बिना उपचार झुपडिमै बस्ने गरेका छन् । 

वनहरा नदीले बगाएर ल्याएका काठले भोक र चिसो टारेको छ विरभान दमाईले भन्नुभयो, “बर्खामा नदीको पानी कमहुनासाथ काठ दाउरा सङ्कलन गर्ने र चिसोको बेला झुपडीमा बाल्ने र बजारमा लगेर बेचेर थोरै पैसाको जोहो गरी साँझ बिहानको छाक टार्दै आएका छौँं ।” 

त्रिपालले छाएका छाप्रा अगाडि उनीहरुले दाउराका थुप्रो समेत लगाएका छन् । केही सामुदायिक वनबाट र केही नदीबाट सङ्कलन गरेको बस्तीका भूमिहीन परिवार बताउँछन् । 

राष्ट्रिय भूमि अधिकारमञ्चका सचिव रामबहादुर चुनाराले बस्तीका सबै परिवारको अवस्था कपडा किन्नसक्ने नभएको बताउनुभयो । अरु विकल्प भए अन्त पनि बस्थेँ उहाँले भन्नुभयो, “बस्नका लागि मसानघाट नजिकको क्षेत्र रोज्ने थिएनन् ।” 

सरकारले हाम्रो पीडा देखोस् भनेर मसानघाट नजिक बसेका हौँं भूमिहीन परिवार भन्छन् “सरकारले सुनेको त छैन सुविधा पाउनु त परको कुरा हो ।” गाईबस्तुका लागि अलग्गै झुपडी बनाउन नसक्दा धेरै परिवार गोठमै समेत बस्न बाध्य छन् । मजदुरीका लागि भारततर्फ गएका युवासमेत बस्तीमा फर्केर नआउँदा उनीहरुको जीवन निकै कष्टमय बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै