१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका भूमिहीन परिवार आगो बालेर रात काट्दै

२७ कार्तिक २०७३, शनिबार ११:१२

कात्तिक २७, कञ्चनपुर । कञ्चनपुरको वनहरा नदी किनार मसानघाट नजिकै बसेका भूमिहीन परिवारले आगो बालेर रात काट्न विवश छन् । 

एक दशकदेखि मसानघाट नजिकै छाप्रा बनाएर बसेका परिवारले मजदुरी गरी जीविका चलाउँदा ओढ्ने ओछ्याउने कपडाको अभावमा चिसोबाट जीउ जोगाउन आगो बालेर रात काट्दै आएका छन् । 

छ बर्ष अघि दातृ निकायले प्रदान गरेकोे प्लास्टिकको त्रिपाल फाटेर छियाछिया भएको छ मानध्वज लुहारले भन्नुभयो, “शीतको पानी टप्पटप्प झुपडीभित्रै चुहिन्छ ।” 

“झुपडी चुहिँदा भएका कपडा निथ्रुक्क भिज्छन, बालबालिका र बूढापाकालाई जागाउनकै लागि पनि आगो बालेर रात काटन विवश छौंँ” उहाँले भन्नुभयो । 

मजदुरी गरी हातमुख जोर्दा कपडा किन्ने पैसा बनाउन सकिदैन कलावती लुहारले भन्नुभयो, “कपडा किन्ने पैसा जुटाउन नसक्दा नै सामुदायिक वनबाट लुकिछिपी ल्याएको दाउराको जेनतेन जोहो गरी आगो ताप्न बाध्य छौंँ ।” 

जग्गा पाउने आशमा वनहरा नदी किनार मसानघाटमा ११ परिवार भूमिहीन एक दशकदेखि छाप्रा बनाएर बसेका हुन् । उनीहरु दैनिक मजदुरी गरी जीविका चलाउने गर्छन् । 

कपडा किन्न नसकेपछि बस्तीका भूमिहीन परिवारले चिसोगर्मी जुनसुकै मौसममा पनि एकै खाले कपडा लगाएर जीउ ढाक्दै आएका छन् । 

चिसो बढेपछि बालबालिकालाई रुघाखोकी, टाउको दुख्ने र बूढापाकालाई ज्वरो आउने, जोर्नी दुख्ने लगायतका समस्या देखिएको छ । अस्पतालसम्म पुग्नका लागि पैसा जुटाउन नसक्दा अधिकांश रोग निको हुने आशामा बिना उपचार झुपडिमै बस्ने गरेका छन् । 

वनहरा नदीले बगाएर ल्याएका काठले भोक र चिसो टारेको छ विरभान दमाईले भन्नुभयो, “बर्खामा नदीको पानी कमहुनासाथ काठ दाउरा सङ्कलन गर्ने र चिसोको बेला झुपडीमा बाल्ने र बजारमा लगेर बेचेर थोरै पैसाको जोहो गरी साँझ बिहानको छाक टार्दै आएका छौँं ।” 

त्रिपालले छाएका छाप्रा अगाडि उनीहरुले दाउराका थुप्रो समेत लगाएका छन् । केही सामुदायिक वनबाट र केही नदीबाट सङ्कलन गरेको बस्तीका भूमिहीन परिवार बताउँछन् । 

राष्ट्रिय भूमि अधिकारमञ्चका सचिव रामबहादुर चुनाराले बस्तीका सबै परिवारको अवस्था कपडा किन्नसक्ने नभएको बताउनुभयो । अरु विकल्प भए अन्त पनि बस्थेँ उहाँले भन्नुभयो, “बस्नका लागि मसानघाट नजिकको क्षेत्र रोज्ने थिएनन् ।” 

सरकारले हाम्रो पीडा देखोस् भनेर मसानघाट नजिक बसेका हौँं भूमिहीन परिवार भन्छन् “सरकारले सुनेको त छैन सुविधा पाउनु त परको कुरा हो ।” गाईबस्तुका लागि अलग्गै झुपडी बनाउन नसक्दा धेरै परिवार गोठमै समेत बस्न बाध्य छन् । मजदुरीका लागि भारततर्फ गएका युवासमेत बस्तीमा फर्केर नआउँदा उनीहरुको जीवन निकै कष्टमय बनेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल