९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

२८ कार्तिक २०७३, आईतवार ०३:१०

प्रकाश धौलाकोटी/कात्तिक २८, तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संंरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभाबमा रहेका छन् । 

यस क्षेत्रमा रहेका एतिहासिक गढीहरु समाधी स्थलका साथै पर्यटकीय सम्भावना बोकेका स्थलहरुको संरक्षणकालागि सरोकारवालाहरुको ध्यान जान सकेको छैन । संरक्षणमा कसैले चासो नदिँदा ऐतिहासिक पहिचान बोकेका ठाउँहरु हराउँदै गएको साँवा बंश उत्थान संरक्षण समितिका अध्यक्ष दिल पाक्सावाले बताए । 

प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु छथरकै धरोहर मार्गापोखरी, लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी, साँवा लिम्बुहरुको माङगेना यक, चाङसिङ गडी, कुकुर छिर्ने गुफा, च्याङलुङ गुफा, खजुम लिम्बुहरुको यक, चाम्खासिङ यक, थोक्लेन आङला तुम्बाहाम्फे लिम्बुहरुको यक तामालिङ चिम्लीङ यक, लिम्बु समुदायमै लोप हुन लागेका जाति खादीहरुको यक फुलिलुङ यक लगायतको संरक्षण हुन सकेको छैन । यस्तै यहाँका मठ मन्दिर र ताल पोखरीहरुको नामै हराउन थालेको छ । 

हजाराँै बर्ष पुराना पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षणमा यहाँका स्थानीयहरुको ध्यान जान नसके ईतिहासबाटै नामेट हुने कुरामा दूईमत छैन । यहाँका सरोकारवाला बर्ग तथा स्थानीयहरुको ध्यान नपुग्दा कतिपय ऐतिहासिक स्थलहरु सामुदायिक, निजी तथा कबुलियती बनका साथै निजी जग्गामा सिमित बन्न पुगेका छन । 

छथर तेह्रथुम र धनकुटाका करिब १० गाविसहरुको ऐतिहासिक एउटा नाम हो । तर यो क्षेत्र अहिले विभाजित छ । यो क्षेत्रका सात गाविसहरु तेह्रथुममा पर्छन् भने बाँकी धनकुटामा पर्दछन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो