2026-10-18 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

छथर क्षेत्रका ऐतिहासिक स्थलहरु ओझेलमा

प्रकाश धौलाकोटी/कात्तिक २८, तेह्रथुम । पुर्बी लिम्बुवानको छथर क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु संंरक्षणको लागि आवश्यक चासो नदिइँदा ओझेलमा परेका छन् । तेह्रथुम र धनकुटामा पर्ने ऐतिहासिक छथर क्षेत्रमा रहेका पर्यटकीय सम्भावना बोकेका ठाउँहरु आवश्यक संरक्षण, सम्बर्धन र प्रचार प्रसारको अभाबमा रहेका छन् । 

यस क्षेत्रमा रहेका एतिहासिक गढीहरु समाधी स्थलका साथै पर्यटकीय सम्भावना बोकेका स्थलहरुको संरक्षणकालागि सरोकारवालाहरुको ध्यान जान सकेको छैन । संरक्षणमा कसैले चासो नदिँदा ऐतिहासिक पहिचान बोकेका ठाउँहरु हराउँदै गएको साँवा बंश उत्थान संरक्षण समितिका अध्यक्ष दिल पाक्सावाले बताए । 

प्राकृतिक सुन्दरताले भरिएको यस क्षेत्रमा रहेका ऐतिहासिक स्थलहरु छथरकै धरोहर मार्गापोखरी, लिम्बुवानको ऐतिहासिक राजधानी ताक्लुङ गडी, साँवा लिम्बुहरुको माङगेना यक, चाङसिङ गडी, कुकुर छिर्ने गुफा, च्याङलुङ गुफा, खजुम लिम्बुहरुको यक, चाम्खासिङ यक, थोक्लेन आङला तुम्बाहाम्फे लिम्बुहरुको यक तामालिङ चिम्लीङ यक, लिम्बु समुदायमै लोप हुन लागेका जाति खादीहरुको यक फुलिलुङ यक लगायतको संरक्षण हुन सकेको छैन । यस्तै यहाँका मठ मन्दिर र ताल पोखरीहरुको नामै हराउन थालेको छ । 

हजाराँै बर्ष पुराना पुरातात्विक तथा ऐतिहासिक स्थलहरुको संरक्षणमा यहाँका स्थानीयहरुको ध्यान जान नसके ईतिहासबाटै नामेट हुने कुरामा दूईमत छैन । यहाँका सरोकारवाला बर्ग तथा स्थानीयहरुको ध्यान नपुग्दा कतिपय ऐतिहासिक स्थलहरु सामुदायिक, निजी तथा कबुलियती बनका साथै निजी जग्गामा सिमित बन्न पुगेका छन । 

छथर तेह्रथुम र धनकुटाका करिब १० गाविसहरुको ऐतिहासिक एउटा नाम हो । तर यो क्षेत्र अहिले विभाजित छ । यो क्षेत्रका सात गाविसहरु तेह्रथुममा पर्छन् भने बाँकी धनकुटामा पर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु